महेन्द्रनगर: कञ्चनपुर जिल्लामा अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण प्रतियोगिताको आज फाइनल हुने छ।
इटाहा चारपाते युवा क्लब देखतभुलिको खेलमैदानमा लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को आज फाइनल हुने आयोजकले बताएको छ। तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को समापन संगै आज फाइनल हुने भएको छ।

फाइनल खेल भेट्रान तर्फ बिच बिहान ११ बजे कृष्णपुर नगरपालिका वडा न.३ र लालझाडी गाउँपालिका वडा नं. ४
र युवा तर्फ दिउँसो १ बजे लालझाडी गाउँपालिका -४ र झिलमिला युवा समाज बेलडाँडी-५ बिच उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन्।

तेस्रो संस्करणमा च्याम्पियन हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।

युवा तर्फ २० टिमको सहभागिता रहेको छ भने भेट्रान तर्फ ८ टिम रहेका छन्। प्रतियोगितामा लालझाडी गाउपालिका मुख्य प्रवर्द्धक, इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालयको समन्वय सहयोग रहेको छ।
