डा. केसीको जिवन रक्षाको माग राख्दै प्रशासनमा धर्ना, प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कञ्चनपुर

चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोबिन्द केसीको जिवन रक्षाको माग अघि सार्दै कञ्चनपुरका महिला अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएका छन् । भने प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म नागरिक संघर्ष समितिमा आबद्ध महिला अधिकारकर्मीले डा. केसीको जिवन रक्षाको माग अघि सार्दै प्रशासनको मुल गेटमा धर्नाका साथै प्रशासन कार्यालय प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले नागरिकको हितमा डा. केसीको सत्याग्रह गर्दा पनि सरकारले माग पुरा नगरेका कारण केसीले अघि सारेका मागमा सर्मथन र सरकारले वेवास्ता गरेका कारण बाध्य भएर आन्दोलन गरेको बताए ।

‘डा केसीले अघि सारेका माग आम नेपाली जनताको पक्षमा छन, ‘संयोजक भण्डारीले भनिन, ‘सरकारले तुरुन्तै माग सम्बोधन गर्दै केसीको जिवन रक्षा गर्नुपर्छ ।’ संयोजक भण्डारीका अनुसार डा केसीले अघि सारेका मागमा नागरिक संघर्ष समितिले ऐक्यबद्धताका साथै पूर्ण सर्मथन जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसका कक्षा संचालन गरिनुपर्ने, स्नाकोत्तर तहका कार्यक्रम तत्तकाल संचालन गरिनुपर्ने, गेटा मेडिकल कलेज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन संचालन गरिनुपर्ने, गण्डकी र २ नम्बर प्रदेश, कञ्चनपुर डोटी, उदयपुर, इलाम पाँचथरमा सरकारी स्तरबाटै मेडिकल कलेज स्थापनाको माग जायज भएकाले सबै माग सम्बोधनको गर्नुपर्ने भन्दै नागरिक संघर्ष समितिले माग अघि सारेको छ ।

नागरिक संघर्ष समिति कञ्चनपुरकी सदस्य एव अधिकारकर्मी शारदा चन्दले सरकारले डा. केसीका सबै माग सम्बोधन गरेर स्वास्थ्य क्षेत्रका समस्या समाधानको माग अघि सारिन् । ‘डा केसीले उठान गरेका माग प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौँ, ‘अधिकारकर्मी चन्दले भनिन, ‘जनताको पक्षमा भएका माग सम्बोधन गर्न ढिलाई किन ?’ सरकारले डा. केसीको जिवन रक्षामा बेवास्ता गरि आन्दोलनको चेतावनी दिएका छन् ।

ताजा समाचार

This will close in 10 seconds