सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २७ औं वार्षिकोत्सव मनायो


कञ्चनपुर : भिमदत्तनगरपालिकाको महेन्द्रनगर वजारमा रहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २७ औं वार्षिकोत्सव मंगलवार मनाईएको छ । भिमदत्त नगरपालि १८ सालघरीमा रहेका महाकालीे मंन्दीरमा सरसफाई तथा विशेषज्ञ डाक्टर द्धारा स्वास्थ्य सम्वन्धी जानकारी गराएर २७ औं वार्षिकोत्सव मनाएको छ ।

अहिलेको खानपानले क्यानसर रोग वढि रहेकोले हामिले आफ्नो खानपानमा ध्यान दिन जरुरी रहेको महकाली प्रदेशीक अस्पतालका विशेषज्ञ डाक्टर प्रशान्त भट्ट ले जानकारी दिनु भयो । उनले भने हाम्रो खानामा धेरै विसाधीयुक्त छ, खानाके खाने कती खाने कस्ता खानेकुरा खाने भन्ने कुराको ज्ञानको कमिले क्यानसरका रोगी दिनप्रतिदन वढिरहेका छन । हामिले सधै विसाधि रहीत अर्गानीक खानेकुरा खानु पर्दछ ,स्वस्थ्य खानेकुरा खायो भने सथै स्वस्थ्य रहिन्छ ।

देशकै ठुलो होटेल ग्रुप सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको स्थापना माघ २३ गते भएको थियो सोही अवसरमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी महेन्द्रनगरले सरसफाई तथा स्वास्थ्य सम्वन्धि कार्यक्रम गरेको महेन्द्रनगर शाखा व्यवस्थापक भुपेन्द्र देव भट्टले जानकारी गराउनु भयो । सरसफाई कार्यक्रममा सिद्धार्थ बिजनेस ग्रुपका कर्मचारी रहेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img