कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका र रोजगारदाताविच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका विच नगरपालिका र रोजगारदाताविच सम्झौता भएको हो । भीमदत्त नगरपालिका रोजगार संयोजक केशव बहादुर चन्दले रोजगारी सृजनाका लागि रोजगारदातासंग सम्झौता गरेको बताए । उनका अनुसार मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर, निङलाशैनी बहुउदेश्यीय सहकारी संस्था सहितसंग सम्झौता गरिएको बताए । उनले श्रमडेस्क स्थापना गरेर कामकाज शुरु भएको बताए ।

भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमसग मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकाया, निङलाशैनी बहुउदेश्यीय सहकारीका कार्यकारी अधिकारी प्रेमसिह भाटले सम्झौता पत्र आदान प्रदान गरेका छन । मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकायाले स्थानीय सरकारसंग सम्झौता अनुरुप अस्पताललाई जाहिने दक्ष जनशक्तिलाई रोजगारी दिने बताए । यस्तै निङलाशैनी बहुउदेश्यीय सहकारीका कार्यकारी अधिकारी प्रेमसिह भाटले पनि आवश्यकता अनुरुप श्रमिकलाई रोजगारी दिने बताए । कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोजगारदाता उद्योगी, व्यवसायीको हकहितका क्षेत्रमा स्थानीय सरकारले कामकाजमा जोडदिए ।

एमाले निकट मजदुर नेता शंकर जोशीले मजदुर सुचिकृतमा जोडदिए । माओवादी निकट मजदुर नेता पदमराज जोशीले मजदुरको हक अधिकार सुनिश्चित हुने गरेर कामकाजमा जोडदिए । भीमदत्त नगरका उपप्रमुख निमल लेखकले रोजगारी सृजना गर्दै स्थानीय सरकारले रोजगारदातालाई जनशक्ति र जनशक्तिलाई रोजगारी दिलाउने उदेश्य रहेको बताए । ‘यो शुरुवात मात्रै हो, ‘उनले भनिन, ‘अब थप रोजगारदाताहरुलाई सुचिकृत हुन आब्हान गर्दै छौँ ।’ रोजगार शाखाका सव ईन्जिनियर कमलराम विश्वकर्माले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी सहितका सरोकारवाला सहभागि भएका थिए ।







