विरेन्द्र बाग /बझाङ : :बझाङको केदास्युँ गाउँपालिका एक डुडिल गाउँमा स्वास्थ्य संस्था नहुँदा अत्यधिक रक्तस्रावका कारण गर्भवती महिलाको अस्पताल जाने क्रममा सोमबार बिच बाटोमै मृत्यु भएको हो विडम्बना गाउँमा एक स्ट्रेचर समेत नहुँदा उनलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन सकिएको थिएन ।

गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था थियो । अत्यधिक रक्तस्रावका कारण उनको बाटोमै मृत्यु भएको स्थानीयले जानकारी दिनु भएको छन् । परिवार र गाउँलेहरूले स्ट्रेचर नपाउँदा समयमै अस्पताल पुर्याउन नसकिएको बताउँदै गम्भीर दुःख व्यक्त गरेका छन् ।

डुडिल क्षेत्र लगायत केदारयुँ गाउँपालिकाका दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच नहुनु र आधारभूत उपकरणको अभावले ग्रामीण भेगका अझैं धेरै गर्भवती महिलाहरूले ज्यान गुमाउनु परेको स्थानीयहरूको जानकारी दिनु भएको छ। स्थानीय बासिन्दाले तत्काल गाउँपालिका र सम्बन्धित निकायलाई दुर्गम क्षेत्रमा स्ट्रेचर र अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग गरेका छन् । यो घटनाले स्वास्थ्य सेवा र सुविधा अभावले ग्रामीण क्षेत्रमा कस्तो प्रभाव पारिरहेको छ भन्ने प्रस्ट पारेको छ ।

डुडिलकी गर्भवती महिलाको मृत्यु घटनामा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले डुडिल टोलमा स्ट्रेचर भएको र घटनाको समयमा गाउँपालिकाबाट एम्बुलेन्स समेत पठाइएको दाबी गरेकी छिन् । उपाध्यक्ष धामीका अनुसार समस्या उत्पन्न हुँदा स्थानीयले समयमा जानकारी नगराउने र घटना घटिसकेपछि मात्रै सूचना दिने प्रवृत्तिले कठिनाइ बढ्ने गरेको छ । उनले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा सुधारका लागि थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
सरकारले जति सुकै सुखी नेपाल समृद्धि नेपालकोे नारा लगाए पनि अझै पनि गाउँघरमा स्वास्थ चौकी, भएको ठाउँमा कर्मचारी र कतिपय ठाउँमा त बिरामीहरू लाई बोग्न लाई स्ट्रेचर समेत नभएको स्थानीयहरुले जानकारी दिनु भएको छ।






