धनगढी : सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री बिर बहादुर थापाले कृषिमा रोजगारी सृजना हुने गरी योजना बनाएर लागु गरिने बताउनु भएको छ ।
आज वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र(सिप्रेड) ले सञ्चालन गर्ने स्किल अप परियोजनाको धनगढीमा दोश्रो चरणको परियोजना सुभारम्भ कार्यक्रम बोल्दै उहाँले गुरुयोजना सहित व्यवसायीक कृषिका योजना निर्माण गरी कम्तीमा ८४ प्रतिशत जनसङख्या लाभान्वीत हुने गरी कार्य गरिने बताउनु भयो । “नयाँ ढंगले छलफल गरी आगामी वर्षमा बजेट तर्जुमा गर्छौ” उहाँले भन्नुभयो, “विशेषताका आधारमा एक पालिकामा एक मुख्य उत्पादनमा आधारितभै लगानी गर्छौ, रोजगारी सृजना गर्ने, व्यवसाय प्रवद्र्धन हुने, बजारको माग अनुसार उत्पादन गर्ने गरी योजना निर्माण हुन्छ ।

”आगामी आवको बजेट हिजोको जस्तो नहुने उहाँले जिकिर गर्नु भयो । संघ, प्रदेश र स्थानिय तहको साझेदारीमा साझा परियोजना सञ्चालन गर्न सके बढी किसानलाई सेवा पुरयाउन सकिने उहाँको भनाई थियो । “हामीले गरेको काम प्रति नत जनता खुसि छन” उहाँले भन्नुभयो, “नत मनै खुसि छु, नयाँ ढंगले कार्य गर्न जरुरी छ ।” दातृ निकायको कार्यलाई आफनत्व ग्रहण गर्नु पर्ने उल्लेख गर्नु हुदै उहाँले आगामी दिनमा बजेटमा साझेदारी गरी अगाडी बढन इच्छुक रहेको बताउनु भयो ।
विगतमा योजनाका नाममा धेरै रकम खर्च भएको कुरा अघि सार्दै उहाँले प्रदेशका ८८ वटा पालिकामा परिणाम आउने गरी योजना सञ्चालन गरिनु पर्ने बताउनु भयो । सामुदायिक चौपायालाई उत्पादन संग जोडेर आर्थिक लाभ लिन सक्ने गरी योजना ल्याईने उहाँले बताउनु भयो । गौशालामा रहेका चौपायालाई घाँसको व्यवस्था संगै दुग्ध डेरी सञ्चालन गर्नेलाई प्रोत्साहीत गर्ने उहाँले उल्लेख गर्नुं भयो । कृषिमा अनुदान लिनेलाई खेतवारीमा अनिवार्य रुपमा गौशालमा उत्पादन भएको प्राङगारीक मल खरिद गरेर लैजाने व्यवस्था गरिनु पर्ने उहाँको भनाई रहेको छ । दुग्ध प्रशोधन गर्नका लागि मन्त्रालयले छिट्टै उद्योग स्थापान गर्न लागेको उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्नु हुदै भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले फलफुल खेतीलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुन सके भारत लगायत बाह्य क्षेत्रबाट आयात हुने बिषादीयुक्त फलफुल भित्रिने क्रममा कमी आई स्थानिय किसानको आयस्तरमा बृद्धि गर्न सकिने बताउनु भयो । प्राङगारीक मल उत्पादन गरी किसानले पुष्प व्यवसायी र कौशी खेती गर्नेहरुलाई बेच्न सक्ने भएकाले त्यस तर्फ किसानको ध्यान आकृष्ट गर्नु पर्ने उहाँले बताउनु भयो । सञ्चालन भैरहेको परियोजनामा दुनाटपरी उद्योगलाई प्रवद्र्धन गर्ने, मकैको खेर गैरहेका खोस्टाबाट प्लेट, गिलास लगायत सजावटका सामाग्री निर्माण गर्नु पर्ने, स्थानिय परिकारलाई प्रवद्र्धन गर्ने, केराका विभिन्न परिकार बनाउन सिकाउने लगायतका तालिम तथा कार्यक्रम सञ्चालनमा जोड दिनु पर्ने उहाँले बताउनु भयो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले जैविक विधिबाट उत्पादन भएका खाद्यान्नको प्रयोगलाई बढावा दिन तीन वटै सरकारले योजनावद्ध रुपमा काम गर्नु पर्ने बताउनु भयो । कैलाली र कञ्चनपुरका किसानले लगाएका बालीनाली छाडा चौपायाहरुले खाएर नोक्सानी पुरयाउन थालेकाले त्यसको नियन्त्रण गर्नु पर्ने बताउनु भयो । विसाल गौशाला निर्माण गरी छाडा चौपायालाई राख्नु पर्नेमा जोड दिनु हुदै उहाँले ती चौपायालाई आजआर्जन संग जोडन सकिने भएपनि त्यो कार्य हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नु भयो । कार्यक्रममा सिप्रेडका कार्यक्रम सञ्चालक रामभक्त न्यौपानले परियोजनाले विगतमा गरेका कार्यहरुबारे जानकारी दिनुका साथै सञ्चालन हुने दोश्रोचरणको परियोजनाबाट पुग्ने लाभ बारे बताउनु भयो ।
उहाँका अनुसार परियोजना अन्र्तगत युवाहरुका लागि रोजगार सृजना गर्ने, स्वरोजगार बनाउने, व्यवसायीक क्षमता बढाउने कार्यक्रम सञ्चालन हुने छन । परियोजना सुर्खेत, सल्यान र कञ्चनपुरमा सञ्चालनमा रहेको छ । कार्यक्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले परियोजनाको कार्य क्षेत्र विस्तार गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा उप प्रमुख कल्पना पन्त, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, उप प्रमुख द्रोपती राना लगायत कृषि क्षेत्र संग सम्बन्धित कर्मचारी लगायतको सहभागीता रहेको थियो ।






