भवगती सामुदायिक वनको शिक्षा खेलकुद क्षेत्रमा सहयोग


कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक वनले शिक्षा खेलकुद क्षेत्रमा सहयोग गरेको छ । शुक्लाफाँटा नगरपालिका ८पारीफाँटामा रहेको भगवती सामुदायिक वनले शिक्षा र खेलकुद क्षेत्रमा सहयोग गरेको हो । शुक्लाफाँटा नगरपालिकामा हुने १५ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि हुने धर्म जनता माविका विद्यार्थीलाई यूनिफम सहयोग गरेको जनाएको छ ।

भगवती सामुदायिक वनका अध्यक्ष केशव सिह धामीले सामुदायिक वन क्षेत्रमा पर्ने उक्त विद्यालयका विद्यार्थीलाई झण्डै ५० हजार बराबरको बजेटमा ५५ थान जर्सी खेलकुद समाग्रंी सहयोग गरेको बताए । सामुदायिक वनका अध्यक्ष धामीले विद्यार्थीको उत्साहका लागि जर्सी सहितको खेलकुद समाग्री दिएको बताए । बिहीबार एक कार्यक्रमका विच सामुदायिक वनका अध्यक्ष धामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ठगुन्ना, खेलुकद व्यवस्थापन समिति संयोजक समितिका शिक्षक देवििसह ऐर र खेल शिक्षक गणेश सिह धामीलाई जर्सी सहितका खेलकुद समाग्री हस्तान्तरण गरेका छन । यसरी सामुदायिक वनले खेलकुद र शिक्षा क्षेत्रमा गरेको सहयोगले विद्यालय, अभिभावक विद्यार्थी हर्षित भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img