दोधारा चाँदनी नगरप्रमुख लिम्बुको अगुवाईमा झोलुङ्गे पुल क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न


दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको महाकाली झोलुङ्गे पुल क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुको अगुवाईमा दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको महाकाली झोलुङ्गे पुल आसपास क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको निड्स नेपालका ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधी, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), माईती नेपाल, उत्थानशिल युवा सञ्जाल, झोलुङ्गे पुल बजार व्यवस्थापन समिति तथा स्थानियबासीहरुको सहभागितामा महाकाली झोलुङ्गे पुल आसपास क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएका निड्स नेपालका ईश्वर उपाध्यायले बताउनुभएको छ् ।

एसियाकै दास्रो लामो झोलुङ्गे पुल पर्यटकहरुका लागि उत्तिकै आकर्षणको केन्द्र बन्दै गएकाले यस क्षेत्रमा सरसफाई गर्न महत्वपुर्ण भईरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको निड्स नेपालका ईश्वर उपाध्यायले बताउनुभएको छ् । सरसफाई कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले सबै क्षेत्र सित सहकार्य र समन्वय गरी दोधारा चाँदनी नगरपालिकालाई सफा, स्वस्थ्य र हरित बनाउन सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभएको छ् ।

दोधारा चाँदनीलाई सफा र स्वच्छ नगरपालिका बनाउने कार्यमा सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै नगरप्रमुख किशोर कुमार लिम्बुले पर्यटकिय स्थलकोरुपमा परिचित महाकाली झोलुङ्गे पुललाई अझै आकर्षक बनाउन नगरपालिकाले थप भौतिक संरचनाहर निमार्ण कार्य गर्ने तयारीमा लागेको नगरप्रमुख लिम्बुले बताउनुभयो । पुल नजिक रहेको पार्क, बजार क्षेत्रमा फोहर संकलन गरि नष्ट गरिएको छ् । फोहर, झाँडी सफा गर्नुको साथै फोहरलाई संकलित गरि फोहर ब्यवस्थापन गर्न सबैलाई आग्रह गरिएको छ् ।

झोलुङ्गे पुल पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा सरसफाई कार्यक्रम निरन्तरता दिदै जानु पर्ने आवश्यकता रहेको उत्थानशिल युवा सञ्जाल दोधारा चाँदनीका नगर संयोजक प्रेम रोकायाले बताउनुभयो ।

महाकाली झोलुङ्गे पुल आसपास क्षेत्रमा सरसफाई कार्यले पुलको नजिक रहेको बजार क्षेत्र स्वच्छ देखिएको भन्दै स्थानियबासी र पर्यटकहरुले खुशी ब्यक्त गरेका छन् ।


ताजा समाचार

spot_img