गुगुल्डि वाङमय प्रतिष्ठान बटिहै आयोजित पुष १५ साहित्यिक विशेष कार्यक्रम


महेन्द्रनगर ; गुगुल्डि वाङमय प्रतिष्ठानका नियमित कार्यक्रम अन्तर्गत आज संस्थाका अध्यक्ष वीरबहादुर चन्द विश्रामको अध्यक्षतामा पुष १५विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयेको छ। प्रतिष्ठानका सचिव जगदीश ओझाद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष चन्द्रकला पन्तले सहभागीहरूलाई स्वागत गर्नु भयेको थियो ।संस्थाका सल्लाहकारद्वय कृष्णदत्त चटौत ‘कान्त “तथा पञ्चमराज भट्टले पुष १५को परम्परा, मान्यता तथा प्रचलनबारे प्रकाश पार्नु भयेको थियो ।

साहित्यकार नारा जोशी, तीर्थराज भट्ट, मनोरमा भट्टले पुष पन्ध्रका बातै (कथा) सुनाउनु भयेको थियो। युवा सर्जकहरू बविता कार्की, सतिस चुनारा ,प्रेमप्रकास कलौनी, अमितप्रसाद भट्ट, वेदप्रसाद भट्ट सङ्गै जयराज पन्त बगरकोटी, प्रिती भट्ट, गोकर्ण दयाल,खिमानन्द वडू, प्रजापति नेगीले डोट्याली भाषाका रचना वाचन गर्नुभयेको थियो। कार्यक्रममा साहित्यकार मधु हमाल , समाजसेवी चेतराज पन्त तथा राजुसिह खडकाले पुष पन्ध्रका अवसरमा मन्तब्य राख्नु भयेको थियो।

कार्यक्रमका समन्वयकर्ता रमेश पन्त मीतबन्धुले आइनाबातै कार्यक्रम सञ्चालन गर्नुभयेको थियो। सुदूरपश्चिमका लोक पर्व, संस्कृति भाषा तथा साहित्य संरक्षण सम्बर्धनमा गुगुल्डि साहित्यिक मासिक पत्रिका तथा वाङमय प्रतिष्ठानले निरन्तर गर्दै आएका कार्यहरूलाई आगामी दिनहरूमा अझै ब्यापकरूपमा सञ्चालन गर्ने कुरा अध्यक्ष वीरबहादुर चन्द विश्रामले आफ्नो समापन मन्तब्यमा बताउनु भयो।


Loading Viewer...

ताजा समाचार

spot_img