महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक सहकारी संस्थाले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गर्ने कार्य तालिका सार्वजनिक गरेको छ । भीमदत्त–१५ मा रहेको निङ्गलाशैनि बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना सेयर सदस्य र शुभेच्छुकहरुको लागि यहि पौष १९ गते सहकारीको १६ औं स्थापना दिवसको अवसरमा,रक्तदान, योग तथा आयुर्वेद बिषयक गोष्ठि,सत्यनारायण भगवानको पुजा गर्ने दुई दिने कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

उक्त सहकारीका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले विगतमा पनि सेयर सदस्य तथा शुभेच्छुकहरुको लागि विभिन्न कार्यक्रम चलाउदै आएको बताएका छन भने आगामी दिनमा सेयर सदस्यहरुको आर्थिक स्तरमा टेवा पुग्ने र स्वास्थ्यमा पनि फाईदा हुने जस्ता कार्यक्रम ल्याउने बताएका छन । यसै क्रममा अहिले दुई दिनको कार्यक्रममा पहिलो दिन यहि पौष १८ गते संस्थाको भवनमा रक्तदान गर्ने कार्यक्रम रहेको बताएका छन।

दोस्रो दिन पौष १९ गते निङ्गलाशैनि मावि प्राङ्गणमा उच्च रक्तचाप,मधुमेह निवारणका लागि योग र आर्युवेद(जडिबुटि) बिषयक गोष्ठि चलाउने जानकारी दिएका छन । यसैगरी संस्थाका अधिकृत भाटका अनुसार पौष १९ गते नै निङ्गलाशैनि मन्दिरमा सत्यनारायण भगवानको पुजा गर्ने कार्यक्रम पनि रहेको छ ।







