कञ्चनपुर: आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा बैजनाथ मावि जडेपानी प्रथम भएको छ । नेपाल शिक्षक महासंघ बेदकोट नगर समितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम भएको हो । आइतबार आयोजना गरिएको आधारभूत तह (कक्षा ६–८)को हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम भएको शिक्षक महासंघले जनाएको छ । द्वितिय उदयदेव मावि सुन्दरपुर,तृतिय जनता मावि गाउजी, सान्त्वना तर्फ पशुपती आवि सुन्दरपुर भएको छ । भुवनेश्वरी माविमा भएको उक्त प्रतियोगितामा नगरभरीका १६ विद्यालय सहभागि भएका थिए । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेको नेपाल शिक्षक महासंघ बेदकोट नगरका अध्यक्ष एव भुवनेश्वरी माविका प्रद्यानाध्यापक रण बहादुर दौल्यालले विद्यार्थीमा अतिरिक्त सिकाईका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भोजराज बोहराले पनि यस्ता प्रतियोगिता पालिकाबाट समेत आयोजना गरिएको बताए । बिशिष्ठ अतिथि समेत रहेका बेदकोट शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पदमराज भट्टले पनि विद्यार्थीमा ज्ञान अभिबृद्धिका लागि प्रतिस्पर्धामा जोडदिए । हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका बैजनाथ माविका प्रद्यानाध्यापक नवराज पन्तले विद्यार्थीको मेहनत, शिक्षकको शिक्षणमा प्रभावकारी भूमिका एव अभिभावकको विद्यार्थीमा हेरचारले विद्यार्थीले सफलता पाएको बताए ।

जगन्नाथ पुस्तक पसल तथा जनरल स्टोर,दुर्गा पुस्तक भण्डारीले विजेता विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । नेपाल शिक्षक महासंघ बेदकोट नगरका सचिव एव घटाल माविका सहायक प्रद्यानाध्यापक गणेश धानुकले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी सहितका सरोकारवाला सहभागि भएका थिए ।अभिभावक सहित सरोकारवालाहरुले विद्यार्थीमा नियमित पढाईका अतिरिक्त सिकाई ज्ञान अभिबृद्धिका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको बताएका छन ।







