कञ्चनपुर : जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा देवकी पाण्डेय चयन भएकी छिन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा पाण्डेय चयन भएकी हुन । उपाध्यक्ष चक्रसिह प्वाली,सचिव महानन्द पाण्डेय, कोषाध्यक्ष भुवन कडेल, लेखा सुपरिवेक्षण समिति संयोजकमा कर्ण बहादुर चन्द, सदस्यमा चन्द्र गिरी, द्रोपती साउद रहेका छन ।

कार्यक्रममा जेष्ठ सदसय कर्ण बहादुर भट्ट, असल बचतकर्ता जानकी देवी चन्द, असल ऋर्णी करुणाकर शर्मा, बाल बचत तर्फ गोरुङ्ग कार्कीलाई सम्मान गरिएको छ । २४सय ३० सदस्य रहेको उक्त सहकारीको चालु आर्थिक बर्षमा १करोड, ६८लाख, ५०हजार ६सय शेयरपुँजी रहेको र ७करोड, १९लाख, ४८ हजार, ५१९रुपैया बराबरको ऋण लगानी रहेको छ ।

जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा देवकी पाण्डेयले सहकारीको बृद्धि विकासका जोडदिएकी छिन । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्तकालिन अध्यक्ष भवानी चन्दको अध्यक्षतामा बसेको बार्षिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघ सुप प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधव प्रशाद जोशीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।







