दोधारा । गुनासो समाधान तथा सहजताको लागी दोधारा चाँदनी नगरपालिका कार्यालयले ‘हेल्प डेस्क’ संचालन गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आउने सेवाग्राहीलाई सहजता र उनिहरुको गुनासो सुन्ने र समाधान गर्नको लागी ‘हेल्प डेस्क’ संचालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । नगरपालिका कार्यालयमा आएर सेवा लिने सेवाग्राहीका सहजताको लागी ‘हेल्प डेस्क’ संचालन हुदै आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनुभएको छ् । नगरपालिका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागी २ वर्ष अघि देखि नगरपालिका कार्यालयमा हेल्प डेस्क स्थापना गरि संचालनमा ल्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनुभएको छ् ।
कुनै पनि सेवाग्राहीलाई नगरपालिकाबाट पाउने सेवामा समस्या उत्पन्न भए तत्काल सहयोग पुर्याउने हेतुले स्थापना गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले बताउनुभयो । सेवाग्रहीको सहजताको लागी पैसा नलाग्ने गरी टोल फ्री नम्बर राखिएको उहाँले बताउनुभएको छ् । सेवा लिन नगरपालिकामा पुगेका नागरिकहरुलाई अलमल नहोस् भन्ने हेतुले हेल्प डेस्क स्थापना गरिएको र यसबाट नगरिकहरुले सहजता भईरहेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । देनिक सरदर १ सय बढी सेवाग्राहीले हेल्प डेस्कबाट सेवा पाईरहेको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।
नगरपालिकामा सेवा लिन आउदा जेष्ठ नागरिक, अपांगता भएका, लेख्न पढ्न नजान्नेहरुलाई सेवा दिन नगरप्रमुखको बिशेष पहलमा हेल्प डेस्क स्थापना गरिएको नगर प्रबक्ता धनाडीले बताउनुभयो । नागरिकहरुलाई सहायता प्रदान गर्न, सूचना प्रबाह गर्न र गुनासो सुनुवाई गर्न हेल्प डेस्क स्थापना गरिएको उहाँको भनाई छ् ।
नगरपालिकाले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित, विश्वसनिय र प्रभावकारी बनाउन तथा नागरिकको सहज पहुँच पुर्याउनका लागी नगरपालिकामा हेल्प डेस्क संचालन संगै सुचना प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवाको सुनिश्चितता प्रदान गर्दै आएको नगरपालिका कार्यालयले जनाएको छ् ।