कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका १९का पुर्व वडा सदस्य साहेब राना एक कृषि सहकारी संस्था शाखा अध्यक्षमा चयन भएका छन । केन्द्रीय कार्यालय सुडा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुर्व वडा सदस्य राना चयन भएका हुन ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड शाखा भीनपा १८को साधारण सभाबाट राना अध्यक्षमा चयन भएका छन । साना किसान कृषि सहकारी संस्था लिमिटेड भीमदत्त नगरपालिका २, १५, १८ र १९ कार्यक्षेत्र रहेको शाखाको अध्यक्षमा राना चयन भएको जनाईएको छ । साना किसान सहकारीको अध्यक्षमा चयन भएका रानाले आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।







