झलारी : शुक्लाफाँटा नगरपालिका वडा नं ८ र ९ नौखरीका मुक्त हलिया परिवारले गरेको व्यवसायीक कार्यको सोमवार अनुगमनको कार्य गरिएको छ । मुक्त कमैंया महिला विकास मञ्चले एफसिएको आर्थिक सहयोगमा कमैंया महिलाहरुको सामाजिक आर्थिक अधिकार प्रवद्र्धनका लागि सञ्चालित साझेदारी परियोजना अन्र्तगत मुक्त कमैंया परिवारले गरेको व्यवसायीक तरकारी खेती, बंगुरपालन, सहकारी संस्था सञ्चालन लगायतका कार्यको अनुगमनको कार्य कार्य गरिएको हो ।अनुगमन कार्यक्रममा नगर प्रमुख रण बहादुर महरा, नगर उप प्रमुख कल्पना पन्त, वडा अध्यक्ष शेर बहादुर साउद, खेलकुद तथा युवा विकास समितिका अध्यक्ष चक्र बहादुर साउद,राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहार, सहकारीका शाखाका प्रमुख, कृषि विकास शाखाका प्रतिनिधि, पशु शाखाका प्रतिनिधि, संस्थाका पदाधिकारी–कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
अनुगमनका क्रममा संस्थाको आर्थिक सहयोगमा मुक्त कमैंया परिवारले गरेको व्यवसायीक तरकारी खेती, बगुरपालनको कार्य संगै सहकारीले गरेका उपलव्धीका बारे जाानकारी लिने कार्य गरिएको छ ।नगर प्रमुख महराले मुक्त कमैंया परिवारको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि आयआर्जनका कार्यक्रमलाई निरन्तरता दिन संस्थाका पदाधिकारीहरुलाई आग्रह गर्नु भयो ।संस्थाको आर्थिक सहयोगले मुक्त कमैंया परिवारको आर्थिक अबस्थामा सुधार आएको कुरा अनुगमनका क्रममा देखियो उहाँले भन्नुभयो, नगरपालिकाका सम्बन्धीत शाखा संग समन्वय गरी सहकार्य गर्न गर्नोस, त्यहाँबाट के कती सहयोग हुन सक्छ गर्छौ ।नगर उप प्रमुख कल्पना पन्तले मुक्त कमैंया परिवारको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि अझै परियोजना अन्र्तगत व्यवसायीक तालिम, उन्नत प्रविधि बारे जानकारी दिने कार्य गर्नु पर्ने सुझाव दिनु भयो ।
परियोजना अन्र्तगत मुक्त कमैंयाको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि उन्नत जातको बीउविजन वितरण, बंगुरका खोर निर्माण,बंगुरका पाठा वितरण, व्यवसायीक रुपमा कुखुरापालन, तरकारी खेतीका लागि प्लाष्टि टनेल निर्माण, सिचाईका लागि स्यालो टयुवेल, विद्युतीय मोटर, सिलाई कटाई लगायतका व्यवसायीक तालिम लगायतका कार्यक्रम विगत तीन वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको परियोजनाका फिल्ड संयोजक पदमराज जोशीले बताउनु भयो ।
हाल सम्म परियोजनाका तर्फबाट मुक्त कमैंयालाई आर्थिक रुपमा शसक्त पार्नका लागि रु ३५ लाख भन्दा बढी रकम खर्च गरेको छ । आइतवार परियोजनाले मुक्त कमैंया परिवारको आर्थिक अबस्था सुधार गर्नका लागि गरिएका क्रियाकलाप संगै खर्च भएको बजेट बारे जानकारी दिनका लागि सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष लगायतका अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।






