दोधारा : दोधारा चादनी नगरपालिकाका उप प्रमुख गंगादेवि जोशीले महिलाहरुलाई आयआर्जन संग जोडेर आत्मनिर्भर वनाउने योजनामा आफु लागेको वताउनु भएको छ । कञ्चनपुरको महाकाली पारी रहेको दोधारा चादनी नगरपालिकाका उपप्रमुख गंगादेवि जोशीले महिलाहरुलाई आयआर्जन संग जोडेर आत्मनिर्भर वनाउनुको साथै आर्थिक उन्नतीको योजनामा आफु लागेको वताउनु भएको हो ।

भौतिक पुर्वाधारले मात्रै महिला दिदी वहीनीहरुलाई आत्मनिर्भर वनाउन नसकिने हुँदा यस वर्षको उपप्रमुखको कार्यक्रममा महिलाहरुका लागी विभिन्न जनचेतना मुलक कार्यक्रम संगै सीप मुलक तालिम लगायतका कार्यक्रमहरु संचालन गरिने वताउनु भएको छ । साथै उहाले महिलाहरुलाई आत्मनिर्भर वनाउन हरसंभव प्रयाश गरिने समेत वताउनु भयो ।

यस वर्षको उपप्रमुख काय्रक्रम अन्तर्गत यस वर्ष विद्यालयहरुमा सामाजिक न्याय सचेतना कार्यक्रम, विभिन्न जनचेतना कार्यक्रम, कृषि प्रवद्धन कार्यक्रम, स्वास्थ्य सम्वन्धि कार्यक्रम, विपन्न आवाश कार्यक्रम, छात्रवृत्ती कार्यक्रम लगायत विविध कार्यक्रमहरु समावेश गरिएका छन ।







