कञ्चनपुर: कञ्चनपुर महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ईन्टरनेशनल क्रिकेट कपको उपाधी पाईएको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगर स्थित ईन्टरनेशल पब्लिक स्कुल क्रिकेट टिमलाई ईन्टरनेशनल क्रिकेट कपको उपाधी पाईएको हो । ईन्टरनेशल पब्लिक स्कुलले खुला मञ्चमा आयोजना गरेको चौथो ईन्टरनेशनल क्रिकेट टि २० क्रिकेट प्रतियोगिताको उपाधी पाईएको हो । फाईनल प्रतियोगितामा पहिलो ब्याटिङ्ग गरेको लिटिलबुद्ध एकेडेमीले सूदूरपश्चिम एमेडेमीलाई १०५ रनको टार्गेट दिएको थियो ।

सूदूरपश्चिम एमेडेमीले १०२मात्रै रन बनाएपछि लिटिलबुद्ध एकेडेमीलेको टिम विजेता भएको हो । ईन्टरनेशल पब्लिक स्कुलका प्लटु संयोजक महेन्द्र बहादुर चन्दले प्रतियोगितामा १६टिम सहभागि रहेको बताए । उनले यस पटक कैलालीबाट टिम आएका थिए । विजेता लिटिलबुद्ध एकेडेमीलाई नगद १ लाख सहित ट्रफि प्रमाण पत्र वितरण गरिएको थियो । उपविजेता सूदूरपश्चिम एमेडेमीलाई नगद ५० हजार ट्रफि सहित प्रमाण पत्र वितरण गरिएको छ । आयोजककै दुई टिम सहभागि भएका थिए । ईन्टरनेशल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले क्रिकेटको बृद्धि विकासका लागि विगत चारबर्षदेखि नियमित प्रतियोगिता संचालन गर्दै आएको बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिका प्रवक्ता पदमराज अवस्थीले यस्ता प्रतियोगिताबाट थप खेलकुद विकासमा टेवा पुग्ने र पालिकाको समेत साथ सहयोग रहने बताए । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुँबेर खडकाले प्रतियोगिताबाट थप टेवा पुग्ने बताए । ईन्टरनेशल पब्लिक स्कुल संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले क्रिकेटका खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ईन्टरनेशल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अथिति सुुदूरपश्चिम प्रदेश सदस्य मघु भारती प्रमुख अथिति रहेकी थिईन ।







