‘दराती रोड’ मा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको गुनासो आएसंगै नगर प्रमुख लिम्बुको स्थलगत अनुगमन

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ मा निमार्ण क्रममा रहेको बाबाथान बजार देखि महाकाली नदी जाने झण्डै ३ किलोमिटर सडक खण्ड निमार्ण कार्यमा ठेकेदारले कमसल निमार्ण सामग्री प्रयोग गरेको जनगुनासो आएपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निमार्ण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ् । कालोपत्रे निमार्ण कार्यमा कमसल निमार्ण सामग्री प्रयोग गरेको स्थानियबासीहरुबाट गुनासो आएपछि स्थानियबासी, ठेकेदार संग भेट संगै निमार्ण कार्यको स्थलगत अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सडक स्तरोन्नती सहित कालोपत्रे गर्न संघीय सरकारले गत वर्ष र चालु वर्षमा गरि रु. ३ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

कमसल निमार्ण सामग्री प्रयोग गरिएको पक्की सडक पुन: निमार्ण गर्ने, मापदण्ड अनुसार निमार्ण कार्य गर्ने प्रतिबद्धता साथ निमार्ण कार्य सुचारु गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुएको छ् । विनियोजित बजेटलाई दुई प्याकेजमा विभाजन गरी योजना कार्यान्वयन थालिएको हो । देउती बिल्डर्सले र महरा कन्ट्रकसन प्रालि. ले निमार्णको जिम्मा लिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले निमार्ण कार्यमा कस्तो भएको बिषयमा आफ्नो निगरानी रहने बताउनुभएको छ् । सडक निमार्णले सो क्षेत्रको झण्डै १ हजार बढी घरधुरी लाभान्भित संगै नगरक्षेत्रका स्थानियबासीहरु आवागमन गर्ने सहजता हुने नगर प्रमुख लिम्बुले बताउनुभयो । गत वर्ष काम गर्न ठेकेदारले लापरवाही गरेको कारण पक्की सडक निमार्ण कार्य पुरा हुन नसकेको स्थानियबासीहरुले बताएका छन् ।

सडक निर्माणले पूर्णता पाएपछि ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ् । संघीय सरकारले सडक स्तरोन्नती सहित कालोपत्रेका लागी बजेट विनियोजन संगै घर अगाडीको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासी उत्साहित छन् ।

ताजा समाचार