कञ्चनपुर : पुर्वी नेपालमा धार्मिक सहिष्णुता र भाईचारा प्रवद्र्धन गर्ने उद्देश्यले अहमदिया संघ नेपालले सबैलाई माया गरौं, कसैलाई घृणा नगरौं भन्ने मूल नाराका साथ देशव्यापी अभियान सञ्चालन गरिरहेको छ। यसैक्रममा झापा जिल्लाको बिर्तामोड सहरमा विशेष कार्यक्रमको आयोजना गरियो। झापाको व्यस्त सहर बिर्तामोडको भाटभटेनी सुपरमार्केटको अगाडि सम्पन्न यो कार्यक्रममा विभिन्न धर्मप्रति रहेको गलतफहमी हटाउँदै समाजमा आपसी सद्भाव, प्रेम र सहिष्णुता कायम गर्ने उद्देश्यले छलफल र जानकारीमूलक सन्देशहरू प्रस्तुत गरिए । अहमदिया संघ झापा जिल्ला इन्चार्ज नईम अहमदको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, विद्यार्थी र विभिन्न समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको प्रमुख उद्देश्य समाजमा विभिन्न धर्म र संस्कृतिप्रति रहेको पूर्वाग्रह हटाउँदै सबैलाई समान दृष्टिकोणले हेर्न प्रेरित गर्नु रहेको थियो। कार्यक्रममा विश्व सङ्कट तथा शान्तिको मार्ग नामक पुस्तक निशुल्क वितरण गरियो। यो पुस्तकले विश्वभर बढ्दो धार्मिक र सामाजिक तनावका समाधानका उपायबारे जानकारी दिन्छ।

धर्म र समाजको भूमिका

कार्यक्रममा बोल्दै नईम अहमद जीले भने, ‘धर्मले मानिसलाई जोड्ने काम गर्नुपर्छ, विभाजन र घृणा फैलाउने होइन। नेपालजस्तो धार्मिक, सांस्कृतिक र जातीय विविधतायुक्त मुलुकमा शान्ति कायम गर्न सबै धर्म र समुदायबीच आपसी समझदारी र सद्भाव अत्यन्त आवश्यक छ।’ उहाँले समाजमा विद्यमान धार्मिक विभाजन र कट्टरता बढ्ने खतराप्रति चिन्ता व्यक्त गर्दै यो समस्या समाधान गर्न शिक्षा, संवाद र सहिष्णुताको महत्वमा जोड दिनुभयो। ‘धर्मलाई आस्था र मानवीय कल्याणको माध्यम बनाउनु पर्छ। त्यसैले, हामीले घृणाको सट्टा प्रेम र भाईचाराको बाटो अपनाउनुपर्ने समय आएको छ,ू नईम अहमदले भन्नुभयो।
कार्यक्रमको एउटा महत्त्वपूर्ण पक्ष ‘विश्व सङ्कट तथा शान्तिको मार्गू नामक पुस्तकको वितरण थियो। पुस्तकमा विश्वभर धर्मका कारण उत्पन्न हुने द्वन्द्व र समस्या समाधानका उपायबारे महत्वपूर्ण विचार प्रस्तुत गरिएको छ। सहभागीहरूले यो पुस्तकले धर्म र समाजको वास्तविक भूमिकाबारे नयाँ दृष्टिकोण दिने विश्वास व्यक्त गरे। स्थानीय समाजसेवी रमेश अधिकारीले भने, ूयो पुस्तकले म जस्ता धेरैलाई धर्म र सहिष्णुताको वास्तविक महत्व बुझ्न मद्दत र्पुयाउनेछ। यस्तो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दछ।’
स्थानीय सहभागीहरूको अनुभव
कार्यक्रममा सहभागीहरू विभिन्न पृष्ठभूमिका थिए। स्थानीय शिक्षक अम्बिका खरेलले भनिन्, ‘आजको समाजमा हामीलाई यस्तो अभियानको धेरै आवश्यकता छ। मानिसहरू आफ्नो आस्था र संस्कृतिप्रति मात्र केन्द्रित हुने र अरूको आस्थालाई अपमान गर्ने प्रवृत्र् िबढ्दैछ। यसलाई रोक्नका लागि अहमदिया संघले गरेका प्रयासहरू अत्यन्त सराहनीय छन्।’
झापा क्षेत्रका विद्यार्थीहरूले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाए। सहभागी विद्यार्थीहरूले यस्तो कार्यक्रममा सहभागी हुँदा उनीहरूको ज्ञान र समझदारी बढेको बताए। एक स्थानीय कलेजका विद्यार्थी सन्देश पौडेलले भने, ूमलाई थाहा थिएन कि धर्मका कारण यति धेरै विभाजन र द्वन्द्व भएको छ। अब मैले यसबारे गहिरो सोच्नेछु र आफ्ना साथीहरूलाई पनि यसबारे जानकारी दिन्छ । अहमदिया संघ नेपालले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। संघले नेपालको विभिन्न जिल्लामा गएर शान्ति, सहिष्णुता र भाईचारा प्रवद्र्धन गर्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। नेपालजस्तो विविधतायुक्त देशमा यस्ता पहलहरूले दीर्घकालीन रूपमा शान्ति र सह–अस्तित्व कायम गर्न महत्त्वपूर्ण योगदान पु¥याउने छन ।






