कञ्चनपुर : राप्रपा नेपाल सुप प्रदेशका अध्यक्ष एव समाजिक अभियन्ता चक्र्रदेब जोशीले छिमेकी मुलुक भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामी र उत्तराखण्डकै पुर्वमुख्यमन्त्री भारतीय जनता पाटीका नेता समेत रहेका भगत सिह कोस्यारीसंग भेटवार्ता गरेका छन ।

केही दिन अघि देहरादुनमा राप्रपा नेता जोशीले मुख्यमन्त्री धामी र नेपाल भारत प्रबुद्ध समूहका संयोजक रहेको कोस्यारीसंग भेटवार्ता गरेका हुन । सत्ताधारी भारतीय जनताका नेताद्वय समेत रहेका धामी र कोस्यारीसग राप्रपा नेपालका नेता जोशीले सुप प्रदेश नेपाल भारत सीमा क्षेत्रमा नेपालीमाथि हुने ज्यादती, अन्याय रोक्नुपर्नेदेखिका माग अघि सारेका छन ।







