गर्जमुनी खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई पूर्णता


झलारी : शुक्लाफाँटा नगरपालिका ५ मा रहेको गर्जमुनी खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई पूर्णता दिईएको छ । समितिको प्रथम बार्षिक साधारण सभाबाट रिक्त रहेको सचिव पदमा राजेन्द्र कार्की, कोषाध्यक्षमा देवकीदेवी भट्ट, सदस्यमा दुर्गादेवी जोशी, सुरेश भण्डारी र गणेश सिंह बिष्टलाई चयन(पदपूर्ति) गरिएको छ ।

समितिका पदाधिकारीहरुका पदहरु रिक्त हुदा समितिलाई कार्य अगाडी बढाउन समस्या रहेको थियो । समितिको अध्यक्षमा दिपेन्द्र कुमार भण्डारी(दिनेश), उपाध्यक्षमा निर्मला गिरी, सदस्यमा हिरा रतोकी र किष्ने बिष्ट रहेका छन । समितिले पूर्णता पाए संगै आयोजना कार्य अगाडी बढाउन सहज हुने अध्यक्ष भण्डारीले बताउनु भयो ।

राज्यबाट समयमै बजेट विनियोजन नहुदा निर्णय कार्यमा ढिलाई भएको उहाँको भनाई रहेको छ । रु नौ करोडको लागतमा खानेपानी आयोजना निर्माणको कार्य भैरहेको छ । आयोजनाको अहिले एक वटा बोरिङ जडान, पाले घर निर्माण, पर्खाल निर्माण लगायतका १५ प्रतिशत जति कार्य पुरा भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img