कञ्चनपुर : कञ्चनपुरमा रहेको एमिटि कलेजले विद्यार्थीहरुलाई पढाई संगै व्यवहारिक ज्ञानको विकासका लागी एमीटि फेष्ट २.०(ओे) २०८१ को आयोजना गरेको छ । पोखरा विश्वविद्यालय बाट सम्वन्धन प्राप्त कञ्चनपुरको ख्याति प्राप्त एमिटी कलेजले विद्यार्थीहरुलाई प्रयोगात्मक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले एक दिने दोस्रो एमिटी रोजगार मेला २०८१ अर्थात एमीटि फेष्ट २.०(ओे) २०८१ को आयोजना गरेकोे हो । शनिवार सुदुरपश्चिम प्रदेश सभा सदस्य मधु भारतिको प्रमुख आतिथ्यता तथा कलेजका चेयरमेन गोकुल देव भट्टको सभापतित्वमा उक्त एमीटि फेष्ट २.०(ओे) २०८१ को आयोजना गरिएको हो ।

उक्त एमीटि फेष्ट २.०(ओे) २०८१ मा विद्यार्थीहरुले खाद्य परिकार, साईकल स्टोर, स्वास्थ्य, शिक्षा लगायत विभिन्न स्टलहरु राखेका छन । विद्यार्थीहरुले पढाई सकेर आत्म निर्भर बन्ने क्रममा प्रतिस्पर्धात्मक रहेको विश्ववजारमा व्यवशाय गर्न कसरी सिक्ने र कक्षाकोठामा सिकेका कुराहरुलाई व्यवहारमा कसरी लागु गर्ने र कक्षा संगै जिवनमा कसरी सफल हुने भन्ने वारे व्यवहारिक ज्ञान हासिल गर्न यस मेलाले महत्वपुर्ण भुमिका खेल्ने समेत विद्यार्थीहरुले अपेक्षा गरेका छन
उक्त एमीटि फेष्ट २.० (ओे) २०८१ को अतिथहिरुले अवलोकन समेत गर्नु भएको छ । यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमता वृद्धीगर्ने, नेर्तत्व विकास गर्ने र एक सफल व्यक्ती वन्नका लागि साँच्चै उपयोगी रहेको एमिटी कलेजका प्रीन्सपल रविन्द्र प्रसाद अवस्थिले वताउनु भएको छ ।

साथै उहाले आजको दिनमा पढाईले मात्रै नपुग्ने भएकाले पढाई संगसंगै अतिरिक्त कृयाकलापमा पनी विज्ञता हासिल गर्न यो एमीटि फेष्ट २.० (ओे) २०८१ उत्कृष्ट हिुने समेत उहाले वताउनु भयो । विविध सास्कृतिक कार्यक्रमहरु सहित आयोजवना गरिएको उक्त रोजगार मेलाले विद्यार्थीहरुलाई विश्वबजारमा बढदो व्यापार व्यवशायलाई कसरी आत्मसात गर्न सकिन्छ र कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने कुराको ज्ञान हासिल गर्न सहज हुने अपेक्षा गरिएको छ ।







