सुदूरपश्चिम प्रदेश लिग फुटबलको उद्धघाटन, बिजय स्पोर्ट्स संग अरनिको पराजित

कैलालीको धनगढी रंगशालामा उद्धघाटन खेल, कञ्चनपुरको अरनिको खेलमैदानमा मंसिर २५ गते सम्पन्न हुने


कञ्चनपुर: सुदूरपश्चिम प्रदेश लिग फुटबल प्रतियोगिता कैलालीको धनगढी रंगशालामा उद्धघाटन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यतालिका कार्यक्रम अनुसार प्रदेश फुटबल संघ सुदूरपश्चिम प्रदेशले प्रतियोगिताको उद्धघाटन खेलमा बिजय स्पोर्ट्स क्लब कैलालीले जित निकालेको छ। प्रतियोगिता होम एण्ड अवेयको आधारमा कैलाली र कञ्चनपुरमा सञ्चालन हुने प्रतियोगिताको मंसिर २२ गते बिजय स्पोर्ट्स क्लब र अरनिको युवा क्लब बीच भएको खेलमा ३-२ गोलको अन्तरले अरनिको युवा क्लब लाई हराउँदै बिजय स्पोर्ट्स क्लबले होम खेलमा जित निकालेको हो।अवेय खेल बिजय स्पोर्ट्सले अरनिको खेलमैदानमा मंसिर २५ गते खेल हुने छन्।कैलाली जिल्लाको जिल्ला लिग च्याम्पियन क्लब बिजय स्पोर्ट्स क्लब र कञ्चनपुर जिल्ला लिग च्याम्पियन क्लब अरनिको युवा क्लब बिच होम एण्ड अवेय को आधारमा खेल दुबै जिल्लामा प्रतियोगिताको एक-एक खेल हुने छ। प्रतियोगिताको खेलमा उत्कृष्ट प्रदर्शन च्याम्पियन हुने टिमले वा क्लबले सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने छ।

फोटो फिचर: 


Loading Viewer...

ताजा समाचार

spot_img