कञ्चनपुर: दशौं राष्ट्रिय खेलकुद २०८१ चैतमा कर्णाली प्रदेशमा हुने भएको छ ।राष्ट्रिय खेलकुद परिषदको बैठक बाट प्रतियोगिता आयोजना हुने निर्णय गरेको हो। चैतको २३ देखि ३० गते सम्म प्रतियोगिता सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णाय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सन्चालन निर्देशन २०७९ संसोधनसहित बैठकले अनुमोदन गरेको सदस्य सचिव घिसिङले बताए । उनले भने,’ निर्देशिका संसोधनसहित अनुमोदन भएको छ । अब खेलकुद मन्त्रालयमार्फत संबन्धित निकायहुँदै मन्त्री परिषदबाट पास गर्ने अभ्यास छ।’यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो । सरकारले दसौंका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ।
गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको १ सय १५ औं बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

