कञ्चनपुर: महिलाहरुलाई ज्ञान निर्माणदेखि कानुनमा महिलाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम गराईएको छ । आर्दश महिला समाज नेपालले कञ्चनपुरका महिलाहरुलाई ज्ञान निर्माणदेखि कानुनमा महिलाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रम गराईएको हो ।


आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले टेवा संस्थाको सहयोगमा भीमदत्त नगरपालिका क्षेत्रमा महिलाहरुलाई ज्ञान निर्माणदेखि कानुनमा महिलाको हक अधिकार बारे अभिमुखिकरण गराएको बताईन । अध्यक्ष नेगीका अनुसार महिलाको क्षमता अभिबृद्धि गर्नका लागि उक्त कार्यक्रम गरिएको बताए । अधिवक्ता निरञ्जन प्रशाद भट्टले महिलाका हक अधिकारका विषयमा अभिमुखिकरण गराएका छन । महिला आन्दोलन सुदृढिकरण टिम प्रमुख रुपा उदास, महिला आन्दोलन सुदृढिकरण अधिकृत राधिका परियार सहितले महिलाको हक अधिकार कानुन कार्यान्वयनमा जोडदिएका छन ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीनपा ४का वडाध्यक्ष शुशिल कुमार भट्टले कार्यक्रम मार्फत महिलाका हक अधिकारमा टेवा पुगेको बताए । आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीको अध्यक्षतामा भएको कार्यक्रममा महिला आन्दोलन सुदृढिकरण टिका पदाधिकारी अधिकृत, महिला अधिकारकर्मी, सामुदायिक सुरक्षा जालो कार्यक्रमदेखि जनप्रतिनिधी महिला अधिकार क्षेत्रमा कार्यरतको सहभागिता रहेको थियो ।







