कञ्चनपुर,: नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ९को वडाध्यक्षमा धनदेव नाथ चयन भएका छन । बिहीबार माओवादी केन्द्र भीनपा ९को वडा सम्मेलनबाट अध्यक्षमा नाथ चयन भएका हुन । उपाध्यक्ष शंकर विष्ट, सचिव कृपा नाथ लगायत २५ सदस्यीय वडा कमिटि विस्तार गरिएको छ ।
कार्यक्रममा एमाले नेता जनक ऐर सहितका नेता कार्यकर्ताहरु प्रवेस माओवादी केन्द्रमा प्रवेस गरेका छन । माओवादी केन्द्र भीनपा ९का निर्वतमान अध्यक्ष रघुबिर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रीय सदस्य माया नेगीको प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादी नेताहरु दिपक साउद(शिखर), शंकर कुँवर, भुवन कुँवर, रघुबिर धामी(तुफान), हरिसिह ऐर सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।