प्रदेश सरकारका मुख्यमन्त्री र अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्था बीच छलफल

कञ्चनपुर: सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री र राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश विभिन्न अपाङ्गताका क्षेत्रमा कार्यरत संघसंस्था बीच अपाङ्गता सवालमा छलफल भएको छ। डिसेम्बर ३ तारीख अर्थात मंसिर १८ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा पहिलो पटक राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको मिनी प्रदर्शन महोत्सव-२०८१ को समुद्धघाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले अपाङ्गता भएका व्यक्तिहरु को हक अधिकार सुनिश्चितताका लागि १७ बुदे माग पत्र पेश अर्थात बुझाएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले बताउनु भयो। उनका अनुसार १७ बुदे माग पत्र बुझाएको २४ घण्टा नबित्दै मुख्यमन्त्री कार्यालयले पत्राचार गर्दै अपाङ्गताको क्षेत्रमा सधै अग्रसर रहने राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम, विभिन्न अपाङ्गताका क्षेत्रमा कार्यरत संघसंस्था लाई छलफलमा बोलाएको हो।

बुधबार छलफलमा बोल्दै मुख्यमन्त्री शाहले अटिजम अपाङ्गताको क्षेत्रमा कसरी र यो क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ जुन आय आर्जन, स्वास्थ्य र शिक्षाको क्षेत्र लाई मध्यनजर गर्दै प्रदेश सरकार सधै साथमा रहने समेत प्रतिबद्धता जाहेर गर्नु भएको छ।अपाङ्गता क्षेत्रमा कार्यरत सम्पुर्ण संघसंस्था लाई छलफलका लागि आवहान गरि विभिन्न अपाङ्गताका सवालमा छलफल गरिएको र उक्त कार्यका लागि प्रदेश सरकारका मुख्यमन्त्री लगायत सहयोगी सम्पुर्ण लाई राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष साउँदले हार्दिक धन्यवाद समेत दिएका छन्।

ताजा समाचार