आकाश बोहरा/ कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा अपाङ्गता दिवसको अवसरमा ह्वलचियर र ट्राइसाइकल वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक कार्यक्रमका बिच ह्वलचिर र ट्राइसाइकल वितरण गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरु को ३३औं अन्तर्राष्ट्रिय दिवस “समावेशी तथा दीगो भविष्यको पुर्वाधार,अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार ” भन्ने मुल नाराका साथ बेलौरी नगरपालिका को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई १४ वटा ह्वलचिएर, ८ ट्राईसाइकल बितरण गरेको हो।
बेलौरी नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगर प्रमुख पोतीलाल चौधरीले अपाङ्गता दिवसको शुभकामना दिदै ह्वलचिएर र ट्राइसाइकल वितरण गर्नुभएको थियो ।