डडेल्धुरामा भागेश्वर आँखा उपचार केन्द्र स्थापना


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा भागेश्वर गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । भागेश्वर गाँउपालिका ३ बोगटा गाँउमा पालिका भरीकै भागेश्वर गाँउपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । मंगलबार एक कार्यक्रमका विच भागेश्वर आँखा उपचार केन्द्र स्थापना गरिएको पालिकाले जनाएको छ । भागेश्वर गाँउपालिका ३ का वडाध्यक्ष डम्बरराज जोशीले पालिकामा पहिलो आँखा उपचार केन्द्र स्थापना गरिएको बताए ।

वडाध्यक्ष जोशीले च्यारेटी फाउण्डेशनको आर्थिक सहयोगमा पालिका र वडाले वोगटा गाँउमा आँखा उपचार केन्द्र स्थानपना गरिएको बताए । ‘अहिले हामीसंग नेत्र सहायक एक कर्मचारी कार्यरत छन, ‘उनले भने, ‘निकट भविष्यमै थप जनशक्तिदेखि चश्मा बनाउने मेसिन पनि थप्छौँ ।’ गाँउमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीयलाई सुविधा हुने भएको छ । आँखा सम्बन्धी बिरामी भएपछि पालिका, जिल्ला बाहिर जानुपर्ने भागेश्वरका जनताको बाध्यता हट्ने वडाध्यक्ष जोशीले बताए ।

प्रमुख अतिथि समेत रहेका भागेश्वर गाँउपालिका प्रमुख हेमराज चटौतले आँखा उपचार केन्द्र निर्माणसंगै गाँउपालिकामा रहेका आँखाका बिरामीलाई उपचारमा सहज हुने बताए । उद्घाटन कार्यक्रममा भागेश्वर गाँउपालिका जनप्रतिनिधी, कर्मचारी, च्यारेटी फाउण्डेशन नेपाल सहितका स्थानीय राजनैतिक दलका प्रतिनिधी सर्वसाधारणको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img