महेन्द्रनगर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा ३७औं विश्व एड्स दिवसको अवसरमा सचेतनाका लागि डान्स एण्ड ड्रामा कार्यक्रमको आयोजना गरेको छ। प्रत्येक वर्ष डिसेम्बर १ तारिख मनाइने विश्व एड्स दिवस भीनपा–६मा अध्यक्ष पदको उप निर्वाचन भएकोले उक्त कार्यक्रमलाई सारेर डिसेम्बर २ तारिखमा मनाईएको हो ।
सोमबार महेन्द्रनगर स्थित मदन चोक भेटघाट चौतारामा सामरी उत्थान सेवाको सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरले समाजमा एचआईभीएड्स बारे सचेतना फैलाउने उद्देश्यले ‘डान्स एण्ड ड्रामा’ को आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताउनु भएको छ।
समाजमा खेप्नुपरेका समस्या लाई चित्रण गर्दै एउटा सचेतना मुलक सन्देश प्रवाह गर्नु भएकोमा सम्पुर्ण कलाकार , सहयोगी संघसंस्थाहरु लाई सामरी उत्थान सेवा कञ्चनपुर जिल्ला कार्यक्रम संयोजक मनिष बि.क ले धन्यवाद समेत दिनु भयो। उनले भन्नू भयो, आगामी दिनमा पनि सामाजिक रुपान्तरणको लागि सन्देश मुलक कार्यक्रम यसरी नै गर्ने छौँ।
कार्यक्रममा कलाकार लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो।