दोधारा चाँदनीमा मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई माईती नेपालको सचेतना

पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरको दोधारा चाँदनीमा सचेतनामुलक कार्यक्रम सम्पनन गरेको छ् । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत माईती नेपाल कञ्चनपुरले बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने सचेतनमुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ स्थित शंरक पार्वती माध्यमिक बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो । मानव बेचबिखन बिरुद्ध किशोरीहरु मार्फत समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा माइती नेपालले किशोरीहरुलाई कानुनी अनुशिक्षणको आयोजना गरिएको संयोजक भट्टले बताएकी छन् । मानब बेचबिखन तथा ओसार पसार, कानुनी उपचारको बारेमा र माईती नेपालले मानव बेचबिखनका बिरुद्धमा गर्दै आएको प्रयासको बारेमा जानकारी गराईएको उहाँले बताउनुभएको छ् ।

मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्री गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अंग झिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको र यसका कानुनी उपचारको बारेमा प्रशिक्षण बारे सहभागी बिद्यार्थीहरुलाई जानकारी गराईएको छ् । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको ठुला प्रान्त उत्तर प्रदेश र उत्तराखण्डको खुला सिमा क्षेत्र रहेको हुदा मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेको क्षेत्र रहेको हुदा स्थानियबासीहरुलाई सचेत गर्नु आवश्यक रहेको आवश्यक रहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

सचेतनामुलक कार्यक्रममा शंकर पार्वती माध्यमिक बिद्यालयका प्रधानध्यापक पुरुषोत्तम पन्तले माईती नेपाल कञ्चनपुरले संचालन गरेको बिद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम निकै लाभप्रद रहेको बताउनुभएको छ् । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा बिद्यार्थीहरुलाई सचेत गरिएको प्रभानध्यापक पुरुषोत्तम पन्तले बताउनुभएको छ् । आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम बिद्यार्थीहरुलाई संचालन गर्न समेत उहाँले माईती नेपाललाई आग्रह गर्नुभएको छ् ।

कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवम् श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

ताजा समाचार