कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाध्यक्ष पदका लागि हुन लागेको निर्वाचनमा युवा मतदाताको संख्या न्यून देखिएको छ । भीमदत्त नगरपालिका ६ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालयमा रहेको मतदान स्थलमा युवा मतदाताको संख्या न्यून देखिएको हो ।
एक बुथका निर्वाचन अधिकृत तारा शर्माले बिहान ७ बजदेखि मतदान शुरु भएको बताए । मतदानमा अधिकाँस जेष्ठ नागरिक मतदाता मात्रै देखिएका छन । करिब साढे तीन घण्टाको अवधिमा अधिकाँस जेष्ठ नागरिक मात्रै मतदाता देखिएका छन । युवा मतदाता रोजगारीका लागि विदेश हुँदा युवाको संख्या उल्लेख्य नदेखिएको जनाईएको छ। बिहान ११ बजेसम्ममा झण्डै एक हजार मत खसेका छन । ५ हजार ४३४मतदाता रहेका छन ।






