पिपरैया दलित विपन्न समुदायलाई न्याना लुगा वितरण


डिल्ली राज पन्त/कञ्चनपुर  : कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरीको बैजनाथ युवा जनसेवा समितिले गरिब विपन्न दलित समुदायलाई कपडा वितरण गरेको छ । शनिबार बैजनाथ युवा जनसेवा समितिले भीनपा १३ पिपैया हात्तीसारका गरिब विपन्न दलित समुदायलाई कपडा वितरण गरेको हो ।

बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुढापालले चिसो छल्नका लागि झण्डै २५ परिवारका बालबालिका, युवा, जेष्ठ नागरिकलाई वितरण गरिएको छ । कार्यक्रममा भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले बैजनाथ युवा जनसेवा समितिले समाजिक काम गरेको भन्दै धन्यवाद दिएका छन ।

कार्यक्रममा युवा जनसेवा समितिका पदाधिकारी सहितका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img