कञ्चनपुर : कञ्चनपुरमा लैङ्गिक समानता तथा समाजिक समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम शुरु भएको छ । चुरे सरक्षण सञ्जाल नेपालको आयोजनामा बुधबार महेन्द्रनगर लैङ्गिक समानता तथा समाजिक समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम शुरु भएको हो । चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापनक करन भट्टले सामुदायिक वनका पदाधिकारीलाई लैङ्गिक समानता तथा समाजिक समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम दिन लागेको बताए । तराई भुपरिधी कार्यक्रमको आर्थिक सहयोगमा चुरे भेगसंग जोडिएका भीमदत्त र बेदकोट नगरका १५ सामुदायिक वनका ३० पदाधिकारी, सदस्य एव उपभोक्ताहरुलाई तालिम दिन लागिएको उनले बताए ।

सामुदायिक वन सरक्षण गर्दै सामुदायिक वनमा आउने समस्या समाधानका लागि तालिम संचालन गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावलले समावेसी संविधानले सामुदायिक सहितका क्षेत्रमा समावेसीता ल्याएको बताए । उनले हरेक क्षेत्रमा लैङ्गिक समानता कायम गरेर बृद्धि विकासमा जोडदिए । चुरे सरक्षण सञ्जाल नेपालका सदस्य एव सरक्षणकर्मी राजेन्द्र प्रशाद भण्डारीले तालिमबाट सामुदायिक वनबृद्धि विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका चुरे सरक्षण सञ्जाल नेपालका उपाध्यक्ष मोहन बहादुर चन्दले तालिमबाट थप सामुदायिक वनमा समावेसीकरणदेखि मानव अधिकारको प्रत्याभूति हुने बताए । सहजकर्ता डण्डिराज सुवेदी सहितका सरोकारवालाले प्रशिक्षण दिन लागेका छन । कार्यक्रममा तराई भुपरिधी कार्यक्रमका कैलाली कञ्चनपुरका सहजकर्ता शेर बहादुर चौधरी सहितका सरोकारवालाको सहभागिता रहेको थियो । बिहीबारसम्म तालिम संचालन हुनेछ ।







