क्यान्सर पिडितद्वारा सहयोगको अपिल


कञ्चनपुर । पेटमा क्यान्सरका कारण जटिल अवस्थामा पुगेका दोधारा चाँदनीका एक युवकले आर्थिक सहयोगको अपिल गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष अन्ताजी ४३ का प्रेम बहादुर चन्दको क्यान्सरको कारण दिन दिनै स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्था समेत कमजोर भएकाले सहयोगका लागि अपिल गर्नुभएको छ् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराईराख्नुभएको चन्दलाई अहिले किमो थेरापी गरिदै आएको छ् ।

यही महिना भित्र क्यान्सरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको हुदा, उहाँको कमजोर आर्थिक अवस्थाले नभ्याउने भएको भन्दै क्यान्सर पिडित प्रेम बहादुर चन्दले सबैलाई सहयोगको अपिल गर्नुभएको छ् । शल्यक्रिया गर्न आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएको हुदा सहयोगको अपिल गरिएको क्यान्सर पिडित प्रेम बहादुर चन्दले बताउनुभएको छ् । औषधी उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भएपछी क्यान्सर पिडित प्रेमले सहयोगका लागि अपिल गर्नुभएको हो ।

घरमा बृद्ध आमा, धर्मपत्नी, स–साना छोरा छोरी रहेका छन् । सहयोग गर्न चाहाने ईच्छुकले फोन ९८६५९१५२३८ मा सम्पर्क गरिदिन वा कुमारी बैंक लिमिटेडमा रहेको खाता नं. ०६४००२९२२९०००००१ आर्थिक सहयोग गरिदिन हुन अनुरोध गरिएको छ् ।

 


ताजा समाचार

spot_img