महेन्द्रनगर : कञ्चनपुरको भीमदत्तनगर वडा नं.०६ को उपनिर्वाचनमा राप्रपा उम्मेदबारले विजयी हुने संकेत रहेको बताएको छ । यहि मंसिर १६ गते हुन गईरहेको उप निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदबार शुशिल कुमार भट्टले यस पटक आफुले ठुला दलहरुसंगको प्रतिष्पर्धामा आफुले बहुमतको साथ जित्ने बताएका छन । आईतबार आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु संगको घरदैलो कार्यक्रमको दौरानमा वडाबासिहरुबाट उत्साहजनक आशवासन पाईरहेको भट्टले बताए ।

अन्य दलहरुले चुनाबी दौरानमा ठुलठुलो आश्वासन मात्र बाड्ने गरेको र स्थानिय स्थरमा विजयी भएपछि जनगुनासो नसुन्ने गरेको बताउदै यस पटक आफु निर्वाचित भएपछि वडाले गर्न सक्ने जनताहरुको अति आवश्यक मागहरुलाई सम्बोदन गर्ने र यस वडालाई भीमदत्त नगरका अन्य १९ वडा भन्दा एउटा विकासको नमुना वडा भनेर चिनाउने कार्य गर्ने प्रतिवद्धता रहेको बताएका छन ।

यहि मंसिर ०६ गतेको राप्रपाको वडा नं.०६ मा सम्पन्न आमसभाबाट आफ्नो केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले “राप्रपाले वडा न–०६ को जिम्मेवारी पायो भने भीमदत्तको विकासको नमुना वडा बनाउँछौ’’ भन्ने कुरालाई जोड्दिदै यसमा आफु प्रतिवद्ध रहेको अध्यक्ष पदका उम्मेदबार भट्टले बताएका छन ।







