लागु औषध नियन्त्रण ब्यूरोको एक्सन : महेन्द्रनगरदेखि चिसापानीसम्मकै तस्कर पक्राउ


कञ्चनपुर : लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको टोलीले कैलालीको चिसापानी कञ्चनपुरको महेन्द्रनगरबाट लागु औषध सहित चार जना युवालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको टोलीले चिसापानी क्षेत्रबाट दुई युवक र महेन्द्रनगर बजार क्षेत्रबाट लागु औषध सहित चार युवालाई पक्राउ गरेको जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका इन्चार्ज केशव जोशी नेतृत्वको टोलीले चरेश सहित लम्की चुहाका ३चिसापानीकै २८ बर्षिया अर्जुन बुढा र कालिकोटका २८ बर्षिया बिरेन्द्र बुुढाको साथबाट २.७५ग्राम चरेश र महेन्द्रनगरबाट भीमदत्त नगरपालिका ४मा अमित खत्री, चक्र सुनारको साथबाट ३८ फेनारगन एम्पुल बरामद गरिएको प्रह पदम विष्टले बताए ।

उनीहरुलाई थप कार्बाहीका लागि ईप्रका चिसापानी, कञ्चनपुर प्रहरीको जिम्मा लगाएको छ । लागु औषध नियन्त्रण ब्यूरो दुई दिनको अवधिमा महेन्द्रनगरदेखि चिसापानीसम्मैका लागु औषधका तस्कर,सेवनकर्तादेखि ओसारपसारकर्ता नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img