यु-१९ महिला विश्व कपमा छनोट भएका सुदूरपश्चिमका खेलाडीलाई कञ्चनपुरमा सम्मान

होली फेम्ली क्रिकेट एकेडेमी एव विद्यालयद्वारा विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएका खेलाडी लगायत लाई नगद पुरस्कार सहित भव्य सम्मान, खेलाडीमा देखियो उत्साहित

महेन्द्रनगर: कञ्चनपुर जिल्लामा रहेको होली फेम्ली क्रिकेट एकेडेमी एव विद्यालयद्वारा विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएका खेलाडीलाई नगद पुरस्कार सहित भव्य रुपमा सम्मान गरिएको छ।

आइसिसी यु-१९ महिला विश्व कपका लागि छनोट भएका नेपाली टोलीका सदस्यमध्ये सुदूरपश्चिम प्रदेशका दुई खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच सम्मान गरिएको हो।

होलि फेम्ली क्रीकेट एकेडेमी एवम् होलि फेम्ली विद्यालय परिवारले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा नेपाल यू-१९ क्रीकेट टिमका सदस्य र सहायक प्रशिक्षक लाई सम्मान गरिएको हो।

युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाली टोलीले विश्व कपका लागि छनाेट भएकाे थियाे । अब १८ जनवरीदेखि २ फेब्रुअरी २०२५ सम्म मलेसियामा हुने प्रतियोगितमा नेपाली टोलीले खेल्ने छ ।

टोलीका सदस्यहरू जानकी भट्ट सहायक प्रशिक्षक, खेलाडी सावित्री धामी भीमदत्त नगरपालिका -०८, स्नेहा महरा नेपाली यू-१९ खेलाडी लाई सम्मान साथ भब्य स्वागत संगै परिक्रमा समेत गराएको छ।

जानकी भट्ट सहायक प्रशिक्षक, खेलाडी सावित्री धामी भीमदत्त नगरपालिका -०८, स्नेहा महरा धनगढीकि नेपाली यू-१९ खेलाडी लाई सम्मान गरिएको छ। होलि फेम्लीमा कक्षा १२ मा अध्यनरत सावित्री धामी हुन। उनिलाई ३०-३० हजार दोसल्ला प्रमाणपत्र सहित सम्मान गरिएको छ। भने नेपाल महिला क्रीकेट टिमकी उपकप्तान बिन्दु रावललाई नगद ५० हजार दोसल्ला प्रमाणपत्र ले सम्मान गरिएको छ। अन्य क्रीकेट खेलाडी अभिषेक थापा, प्रकाश पाण्डेय लाई प्रमाणपत्र दोसल्ला र १० हजारले सम्मान समेत गरिएको थियो।

होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालका संचालक भुपाल सिह विष्टले विद्यालयकी छात्रा एव एकेडेमीकी खेलाडी सहितका सुदूरका खेलाडीको उत्साह, सम्मानका लागि सम्मान गरिएको बताए ।

सम्मान पाएका खेलाडीहरुले समेत यहाँसम्मको सफलतामा होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालको भूमिका रहेको बताएका छन । सोही विद्याललयमै कक्षा १२ मा अध्ययनरत छात्रा सावित्री धामीले आफु यही विद्यालय, एकेडेमीमा सिकेर यहाँसम्म पुग्नुमा विद्यालयको भूमिका रहेको भन्दै आभार प्रकट गरेकी छिन ।

नेपाल महिला क्रीकेट टिमकि उपकप्तान बिन्दु रावलले आफू लगायत खेलाडी लाई सम्मानित गरेको मा होलि फेम्ली एकेडेमी एवम् होलि फेम्ली विद्यालय परिवार लाई हार्दिक धन्यवाद समेत दिएकी छन्।

यू-१९ नेपाल महिला क्रीकेट टिमकी सहायक प्रशिक्षक जानकी भट्टले जुन नेपालले विश्वकपको यात्रा सहज भने थिएन तर खेलाडीको संघर्ष र मेहनतको बाबजुद यो सम्भव भएको छ। आज होलि फेम्ली एकेडेमी एवम् विद्यालय परिवारले सम्मान गरेको छ। यो एक अमुल्य सम्मान रहेको उनले बताईन।

होलि फेम्ली क्रीकेट एकेडेमीका अध्यक्ष भोपाल सिंह बिष्ट, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा, दोधारा चादँनी नगरपालिका मेयर किशोर कुमार लिम्बू ,भीमदत्त नगरपालिका वडा नं.११ का वडाध्यक्ष प्रकाश थापा, कञ्चनपुर जिल्ला खेलकुद समिति प्रतिनिधि नेपाल क्रीकेट संघका सदस्य एवम् कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्द, सुदूरपश्चिम प्रदेश क्रीकेट संघका सचिव एवम् कञ्चनपुर क्रीकेट संघका उपाध्यक्ष लक्ष्मण भट्ट ,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेल प्रेमीको उपस्थिति रहेको थियो।

फोटो फिचर:

ताजा समाचार