होली फेम्ली क्रिकेट एकेडेमीद्वारा विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएका खेलाडीको भव्य सम्मान

कञ्चनपुर :  विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएका सुदूरपश्चिमका दुई खेलाडीलाई कञ्चनपुरमा सम्मान गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा रहेको होली फेम्ली क्रिकेट एकेडेमी, होली फेम्ली विद्यालयले एक कार्यक्रकका विच सम्मान गरेको हो । आइसिसी युएई महिला विश्व कपका लागि छनोट भएका नेपाली टोलीका सदस्यमध्ये दुई खेलाडीद्वय सावित्री धामी, स्नेहा महरालाई एक कार्यक्रमका विच शनिरबार सम्मान गरिएको जनाएको छ । धामी होली फेम्ली क्रिकेट एकेडेमीकी खेलाडी एव होली फेम्ली विद्यालयकी कक्षा १२मा अध्ययनरत छात्रा हुन । महरा कैलाली धनगढीकी स्थानीय हुन ।

होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालका संचालक भुपाल सिह विष्टले विद्यालयकी छात्रा एव एकेडेमीकी खेलाडी सावित्री सहितका सुदूरका अन्य क्रिकेट खेलाडीको उत्साह, सम्मानका लागि सम्मान गरिएको बताए । टोलीका सदस्यहरू सहायक प्रशिक्षक जानकी भट्ट, खेलाडीद्वय सावित्री धामी, स्नेहा महरा नेपाली यूए १९ खेलाडीलाई नगद जनही ३० हजार, नेपाली महिला क्रिकेट टिमकी उप कप्तान बिन्दु रावलाई नगद ५० हजार, क्रिकेट खेलाडी अभिषेक थापा, प्रकास पाण्डेयलाई समेत प्रमाण पत्रका साथै नगद जनही १० हजार सहित प्रसंसा पत्र दोसल्लाका साथै सम्मान गरेर विद्यालय प्रङगाणबाटै बजार परिक्रमा समेत गरिएको होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष विष्टले बताए ।

होली फेम्ली क्रीकेट एकेडेमी र होली फेम्ली स्कुलले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा क्रीकेट टिमका सदस्य र सहायक प्रशिक्षकलाई सम्मान गरिएको छ । सम्मान पाएका खेलाडीहरुले समेत यहाँसम्मको सफलतामा होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालको भूमिका रहेको बताएका छन । सोही विद्याललयमै कक्षा १२मा अध्ययनरत छात्रा सावित्री धामीले आफु यही विद्यालय, एकेडेमीमा सिकेर यहाँसम्म पुग्नुमा विद्यालयको भूमिका रहेको भन्दै आभार प्रकट गरेकी छिन ।
युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाली टोलीले विश्व कपका लागि छनोट भएको थियो । अब १८ जनवरीदेखि २ फेब्रअरी ०२५ सम्म मलेसियामा हुने प्रतियोगितमा नेपाली टोलीले खेल्नेछन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले महिला क्रिकेट खेलाडीद्वय धामी र महराले प्रदेश मात्रै नभई देशकै प्रतिष्ठा जोगाएको बताउँदै प्रदेश सरकारबाट खेलकुद विकासका लागि आवश्यक पहल गर्ने बताए ।

होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एव होली फेम्ली विद्यालका संचालक भुपाल सिह विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बहादुर सिंह थापा, दोधारा चादँनी नगरपालिका मेयर किशोर कुमार लिम्बू ,भीमत्त ११का वडाध्यक्ष प्रकाश थापा, सुदूरपश्चिम त्रिकेट संघका सचिव लक्ष्मण प्रशाद भट्ट, कञ्चनपुर जिल्ला खेलकुद समिति प्रतिनिधि नेपाल क्रीकेट संघका सदस्य एवम् कञ्चनपुर क्रीकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्द, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत क्रिकेटखेलप्रेमी शिक्षक, विद्यार्थीसहितको उपस्थिति रहेको थियो ।

ताजा समाचार

spot_img