शुक्लाफाँटा नगरको खोलाबाट अवैध ढुवानी गरेको भन्दै पाँच टेक्टर प्रहरीलाई बुझाईयो


कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट अवैध रुपमा खोलाबाट ढुङगा, गिट्टी, ग्राभिल चोरी तस्करी गरेको आरोपमा बेलडाँडीमा पाँच टेक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । शनिबार बिहानै शुक्लाफाँटाको बेलडाँडीमा पाँच टेक्टर नियन्त्रणमा लिएको स्थानीय टेक बहादुर साउदले बताए । उनले शुक्लाफाँटा नगरकै धारापानी,बछेला खोलाबाट नदीखोला नखुल्दै चोरी तस्करी गरेर ढुङगा ल्याएको भन्दै नियन्त्रणमा लिएर नगर प्रहरी र ईप्रका झलारीलाई टेक्टर बुझाईएको बताए ।

उनका अनुसार म१त ११४४, म१त११४१, म१त ११९२, सुपप्र ०१००२त ५८७४, सुपप्र ०१००२१त६४५८ नियन्त्रणमा लिएको छ । साउदले नियन्त्रणमा लिएका टेक्टरहरुले शुक्लाफाँटाकै पालिकाबाट ढुङगागिट्टी ल्याएको आरोप लगाएको छ । कृष्णपुरका खोलानदी ठेक्का पाएका आरभ निर्माण सेवाले शुक्लाफाँटा नगरको बेलडाँडीमा नियन्त्रणमा लिएका टेक्टरले रोउल्टी काटेर लगेको जनाएको छ । आरभ निर्माण सेवाका एक प्रतिनिधीले यताबाट टेक्टरले रोयल्टी काटेर लगेको खाली शुक्लाफाँटा नगरकै सडक मात्रै प्रयोग गरेको बताए ।

‘कानुन अनुरुप रोयल्टी तिरेर व्यवसायीले ढुवानी गर्न नपाउने अवस्था आयो, ‘उनले भने, ‘हामीले चोरी तस्करी गरेर ल्याएको होईन ।’ बेलडाँडीबाट नियन्त्रणमा लिएका टेक्टरका विषयमा शुक्लाफाँटा नगर र ईप्रका झलारीले कहाँबाट ल्याएको बारे बुझ्ने काम भएको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img