महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका कार्यालय प्रमुख डा. कलाैनीकाे विदाई कार्यक्रम सम्पन्न


खडक ब. काेली/कञ्चनपुर : महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका कार्यालय प्रमुख डा. ओम प्रकाश कलौनी प्रादेशिक आयुर्वेदक चिकित्सालय धनगढी सरुवा भएका छन । भने महाकाली आयुर्वेदक औषधालय कञ्चनपुरमा सामाजिक विकास मन्त्रालय कैलाली धनगढीबाट सरुवा भई डा. सूर्य उपाध्याय आएका छन्।

डा .सूर्य उपाध्याय र महाकाली आयुर्वेद औषधालयका कर्मचारीहरूले शुक्रबार एक कार्यक्रमका साथ डा. ओम प्रकाश कलौनीलाई भव्यताका साथ विदाई गरेका छन। ५ वर्ष सम्म कार्यालय प्रमुखसँग काम गर्दा सहज र घनिष्ठ भएकोले उहाँसँग छुट्टिँदा नराम्रो लागेको कर्मचारीहरूले बताएका छन्।

डाक्टर कलौनीले विगतका कुराहरू स्मरण गर्दै अस्पतालमा कुनै सेवा सुविधा नभएको र अहिले आएर विगतको तुलनामा नि.शुल्क औषधि, योगा, सुगर प्रेसर, प्रेसर, प्रयोगशाला निःशुल्क भएकोले आयुर्वेद उपचारतिर बिरामीको चाप बढेको तर भवन, अभ्याङ्गकर्ता प्राविधिकहरूको अभाव भएकोले भवन निर्माण र १ महिला १ पुरुष अभ्याङ्गकर्ता कर्मचारीको अभाव रहेकोले समाजिक विकास मन्त्रालयमा माग राख्नुपर्ने सामाजिक विकास मन्त्रालय कैलाली धनगढीबाट सरुवा भई आएका डाक्टर सूर्य उपाध्यायलाई जानकारि समेत गराएका छन।

उहाँका अनुसार महाकाली आयुर्वेद औषधालयमा व्यवस्थापन समिति हुनुपर्ने र सह शुल्क फार्मेसी सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदै समाजिक विकास मन्त्रालयमा माग राख्नु पनि महाकाली आयुर्वेद औषधालयका कार्यालय प्रमुख डा. सूर्य उपाध्यायलाई समस्याहरूको बारेमा जानकारी गराएका छन।

विदाई कार्यक्रमको सञ्चालन कार्यालयका आर्थिक प्रशासन प्रमुख सहलेखापाल वीरेन्द्र बहादुर चन्दले सञ्चालन गरेका थिए, कार्यक्रम फुलमाला , अबिर लगाएर सर सम्मानका साथ विदाई गरेकाे महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका कार्यालय प्रमुख डा. सूर्य उपाध्यायले बताएका छन। आजैदेखि उपाध्यायले हाजिरी समेत लगाएका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img