महेन्द्रनगर: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कपको उपाधी झिलमिला युवा क्लब बेलडाँडिले जितेको छ।

“खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ त्रिभुवन युवा क्लबले पुनर्वास नगरपालिका वडा नं. ६ मा कार्तिक २३ देखि सञ्चालन भएको निर्वाचन क्षेत्र नं.१ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता २०८१ वडा अध्यक्ष कप मंगलबार एक कार्यक्रमका साथ सम्पन्न भएको छ।

फाइनलमा त्रिभुवन युवा क्लब पुनर्वास-६ र झिलमिला युवा क्लब बेलडाँडी वडा नम्बर -०५ बिच भएको रोमाञ्चक खेलमा झिलमिला युवा समाजले २-० गोलको अन्तरले त्रिभुवन युवा क्लब पुनर्वास लाई हराउदै उपाधी रक्षा गरेको हो। फाइनलमा झिलमिला युवा समाजको तर्फबाट जर्सी नं. ११ का रुद्र बहादुर नेपालीले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं.७ का टिम कप्तान धिरेन्द्र बहादुर शाहले गरेका थिए। प्रतियोगिताको सर्वाधिक गोलकर्ता झिलमिलाका टिम कप्तान धिरेन्द्र बहादुर शाही घोषित भए। उनले प्रतियोगिता अवधिमा ७ गोल गरेका छन्।

प्रतियोगिताको विजेता टिम झिलमिला युवा समाजले १ लाख नगद पुरस्कार, प्रमाणपत्र मेडर ट्रफी हात पारेको छ भने त्रिभुवन युवा क्लब पुनर्वासले ५५ हजार पुरस्कार ट्रफी प्रमाणपत्र र मेडमा चित्त बुझाएको छ।
पुनर्वास नगरपालिका वडा नम्बर ६ को बार्षिक कार्यतालिका अनुसार वडा कार्यालयको प्रवर्द्धन र त्रिभुवन युवा क्लबको आयोजनामा “जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता २०८१ वडा अध्यक्ष कपको आयोजना गरिएको हो। जसमा जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कप बिगत बर्षहरुमा निर्वाचन क्षेत्र नं. १ स्तरीय गरिदै आएको थियो। जसमा यस बर्ष देखि अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता- २०८१ वडा अध्यक्ष कप आयोजना गरिएको क्लबका सचिव भरत बहादुर बोहराले बताउनु भयो। सचिव बोहराले भने, खेलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका २० टिमको सहभागिता रहेको थियो।
