धार्मिक एवं सामाजिक सेवामा साउदको उत्कृष्ट योगदान


झलारी: शुक्लफाटाको सिमलफाँटा वैजनाथ मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको अवसरमा भव्य धार्मिक तथा सामाजिक कार्यक्रम सम्पन्न भएको छ। शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ का स्थानीय समाजसेवी तथा युवा व्यवसायी जगदीश साउदले पिपल प्रतिष्ठा अनुष्ठानसँगै वृहत भोजको आयोजना गरी धार्मिक र सामाजिक सेवामा महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेका छन्।

कार्यक्रमका क्रममा बिहान पिपलको पूजा तथा प्रतिष्ठा विधि सम्पन्न गरि सहभोज कार्यक्रम समेत गरिएको छ। पूजा तथा सहभोज कार्यक्रममा हजारौं स्थानीय बासिन्दा, विद्यार्थी, तथा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो । समाजसेवी साउदले धार्मिक परम्परा, समाजसेवा, र युवाहरूको सहभागिताको माध्यमबाट सकारात्मक सामाजिक परिवर्तन ल्याउन प्रेरित हुने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको बताए।

उनले सामाजिक सहयोग र दानका माध्यमबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पनि लाभान्वित गराउँदै आइरहेका छन्।हिन्दू धर्मशास्त्रअनुसार पिपलको प्रतिष्ठा र सहभोजको महत्त्व अपरम्पार छ। यसले पर्यावरण संरक्षण, धार्मिक मूल्यमान्यता, र सामाजिक एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ। साउदले आफ्नो समाजसेवी भूमिकालाई अझ सशक्त बनाउँदै धार्मिक तथा सामाजिक कार्यहरूलाई नियमित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।।

स्थानीय तथा छिमेकीहरूले सामाजिक तथा धार्मिक सेवामूलक कार्यहरूले युवाहरूलाई समाज सेवामा अग्रसर हुन प्रेरणा दिने र धार्मिक-सामाजिक जागरुकता अभिवृद्धि गर्ने विश्वास गरिएको छ। सामाजिक र धार्मिक गतिविधिहरूमा निरन्तर सक्रिय साउदले भने, “समाजसेवा र धर्मपरम्पराको जगेर्ना गर्दै भविष्यका पुस्ताहरूलाई प्रेरणा दिनु मेरो प्रमुख उद्देश्य हो।” उनले यस कार्यक्रमबाट युवाहरूलाई धार्मिक, सांस्कृतिक, र सामुदायिक सेवामा योगदान गर्न अभिप्रेरित गर्न चाहेको बताए।


Loading Viewer...

ताजा समाचार

spot_img