भिमदत्त ६ मा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना, चुनावी सरगर्मी बढ्याे


रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरमा रिक्त रहेकाे भिमदत्त-६ नम्बर वडा अध्यक्ष पदकाे उप निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ । शुक्रबार भिमदत्त नगरपालिका-६ नम्बर वडा कार्यालयमा सर्वदलिय सर्वपक्षिय उपस्थितीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे हाे । दलहरूले नतिजा आफ्नाे पक्षमा पार्न हाेमिएसंगै चुनावी सरगर्मी समेत बढेकाे छ ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश लिलाराज अधिकारीले मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे ब्यानर बाचन गरेर उद्घाटन गर्नु भएकाे हाे ।

मंसिर १६ मा हुन गईरहेकाे उप निर्वाचनका लागि कामकाज गर्न मुख्य निर्वाचन अधिकृतकाे कार्यालय राखिएकाले साेहि अवसरमा सबै दलका प्रतिनिधिहरूकाे उपस्थितिमा निर्वाचन सम्बन्धि आचार संहिता र उम्मेदवारी मनाेनयनकाे समय निर्धारणाका लागि छलफल समेत गरिएकाे मुख्य निर्वाचन अधिकृत न्यायाधीश अधिकारीले बताउनु भयाे ।

उनले भने “निर्वाचनलाई निष्पक्ष, भयरहित, तवरले सम्पन्न गर्न सर्व दलिय सर्वपक्षिय रूपमा छलफल गरेका छाै´, मंसिर २ गते मनाेनयन दर्ताकाे समय रहेकाले दलहरूसंग कुन समयमा कुन दलले उम्मेदवारी दर्ताका लागि आउने सम्बन्धमा समय निर्धारणका बारेमा समेत छलफल गरिएकाे बताउनु भयाे।”

बैठकमा सबै दलले मनाेनयन दर्ता गर्न आउदाकाे समयका बारेमा फरक फरक समय मुख्य निर्वाचन अधिकृत संग मागेका थिए । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित तवरले सम्पन्न गर्न सबै दल एक भएर अघि बढने निर्णण समेत गरिएकाे छ ।

साे वडामा निर्वाचनकाे मिति नजिकिए संगै दलहरूले चुनावी प्रचार प्रसारका लागि घरदैलाे गरिरहेका छन् । कञ्चनपुरमा एक वडाकाे मात्र उप निर्वाचन हुने भएकाले जिल्लाका सबै दलले वडा केन्द्रित भएर जनताकाे घरमा मत माग्न आ-आफ्नाे तवरले प्रचार प्रसार गरिरहेका छन् । साे वडामा २०७९ सालकाे निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित महेन्द्र खडकाकाे गत बर्ष सडक दुर्घटनामा परेर निधन भएकाे थियाे । उनी नगपालिकाका प्रबक्ता समेत थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img