भीनपा ६ उप निर्वाचन राप्रपाबाट भट्ट उम्मेदवार


कञ्चनपुर : आगामी १६ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका ६वडाध्यक्षका लागि हुने उप निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पाटीले उम्मेदवार टुङगो लगाएको छ ।
राप्रपाले शुशिल भट्टलाई वडाध्यक्षको उम्मेदबार बनाउने निर्णय गरेको हो । राप्रंपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले यस अघि दुई पटक चुनावीमा होमिएकै उम्मेदवारलाई यस पटक पनि उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

राप्रपा भीमदत्त नगरका सदस्य एव स्थानीय समाजसेवी समेत रहेका भट्टलाई पाटीको विगतको जनमतका आधारमा यस पटक पनि उम्मेदवार बनाएको बताए । “उहाँ शुशिल भट्ट राप्रपाबाट दुई पटक उम्मेदवार भएका थिए, पहिलो भन्दा दोस्रोमा जनमत बृद्धि भयो, अहिले तेस्रो पटक पनि जनमत बृद्धि हुने अपेक्षा छ, ‘उनले भने, ‘त्यही भएर हामीले पुरानै उम्मेदवार अघि सारेका छौँ ।’

उम्मेदवारी टुङगो लगाएसंगै चुनावमा होमिने उनले बताए । हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, रास्वपा र राप्रपाले उम्मेदवार टुङगो लगाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img