कञ्चनपुर: मानव तस्करीमा मुछिएका एमाले नेता एव कोषी प्रदेशका एक निर्वतमान कानुनमन्त्री पक्राउ परेका छन । जापानमा मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लीलाबल्लब अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत, काठमाडौंले पक्राउ अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । पक्राउ अनुमतिसँगै काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न मोरङ प्रहरीलाई पत्राचार गरेको थियो । उनलाई आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
सो प्रकरणमा हाल ६ जनालाई काठमाडौं प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

उनलाई २ दिन थुनामा राख्न अदालतले समेत अनुमती दिएको छ । यसरी मन्त्री भएकै एमाले नेता मानव तस्करीमा संलग्न भएपछि पाटीले उनलाई निलम्बन गरेको छ । अब कानुनी कार्बाही गर्छ कि गर्दैन भनेर नागरिक प्रतिक्षामा छन ।







