लियो जिल्ला परिषद् ३२५ एन नेपालको पहिलो काउन्सिल बैठक सम्पन्न

महेन्द्रनगर : सामाजिक कार्यसँगै युवा सशक्तीकरणका क्षेत्रमा सक्रिय लियो जिल्ला परिषद् ३२५ एन नेपालको पहिलो काउन्सिल बैठक तथा पदाधिकारी तालिम सम्पन्न भएको छ । शनिबार कैलालीस्थित चिसापानीमा परिषद्को पहिलो काउन्सिल बैठक सम्पन्न भएको हो ।

लियो जिल्ला परिषद्का अध्यक्ष मदन गिरीले काउन्सिल बैठकसँगै लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष(पिभीएसटी) तालिम पनि सम्पन्न भएको बताए । उनका अनुसार कार्यक्रममा महेन्द्रनगर, धनगढी, नेपालगञ्ज, दाङ लगायतका क्षेत्रका लियो क्लबको सहभागीता रहेको थियो । कार्यक्रममा लायन्स अन्र्तराष्ट्रिय, लायन जिल्ला ३२५ एन नेपालका निवर्तमान गर्भनर मुकुट ढकाल प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा प्रथम भ्वाईस डिष्ट्रिक गर्भनर ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायत लायन तथा लियोहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम लियो क्लबका पदाधिकारीको पदीय जिम्मेवारीबारे तालिम दिईएको हो । लियो क्लब अफ कैलाली लम्की ईन्र्जेष्टिकको व्यवस्थापन भएको कार्यक्रममा एक सय बढी लायन्स तथा लियोको सहभागीता रहेको आयोजकले जनाएको छ । शनिबार नै बसेको बोर्ड बैठकले दा्रसो काउन्सिल बैठक माघ महिनामा गर्ने, विधान संशोधनलगायतका निर्णय समेत गरेको छ ।

ताजा समाचार