‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ’ कोर्ष उत्तिर्ण गर्ने पहिलो नेपाली साजन


कञ्चनपुर:अस्ट्रेलियाली खेलकुद आयोगद्वारा मान्यता प्राप्त संस्थाबाट शुक्लाफाँटा नगरपालिका १० झलारीका २१ वर्षीय साजन गौतमले ‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोच’मा लेभल वान (१) उत्र्तिण गरेका छन । अस्ट्रेलियन स्पोर्ट इनिस्च्युटको भारतको कर्नाटकमा रहेको शाखा इन्स्पायर इनिस्च्युट स्पोर्टबाट गौतमले ‘स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोच’मा लेभल वान (१) उत्र्तिण गरेका हुन । यो बिषयमा पहिलो लेभल वान (१) उत्तिर्ण गर्ने उहाँ पहिलो नेपाली हुन ।

“स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचका लागि एक महिना अनलाईन मार्फत घरमै अध्यन गरि कर्नाटकको बेल्लारीमा रहेको इन्सपायर इनिस्च्युट स्पोर्टमा शारीरिक अभ्यास सम्बन्धीका सबै प्रकृया पुरा गरि अस्ट्रेलियन स्पोर्ट इनिस्च्युटका सिनयर स्ट्रेन्थ एण्ड कन्डिसनिङ प्रशिक्षक जेम्स तेथमको निगरानीमा दस (१०) घन्टा काम गरे ।” मास्टर इन स्पोर्ट्स साइन्स अध्यन गरि रहेका सरोज ऐरको सहयोगमा नेपालमै अध्ययनको कार्य गरी छ महिनाको लामो सिक्ने सिकाउने क्रम पश्चात अक्टोबर १ मा कोर्ष पुरा गरी परिक्षा उत्तिर्ण गरेको गौतमको भनाई रहेको छ ।

यस अघि गौतमले अमेरिकामा रहेको इन्टरनेशनल स्पोर्ट साइन्स एण्ड एसोसिएसनबाट एक वर्षको कोर्ष स्ट्रेन्थ एण्ड कन्डिसनिङ पुरा गरेका छन ।गौतमका अनुसार स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचले खेलाडीको प्रदर्शन क्षमतालाई बढाई घाईते हुनबाट जोगाउने कार्य गर्दछ । बल, शक्ति, गति, सहनशिलता, तौल सम्बन्धी प्रशिक्षण संगै कन्डिसिनिङ अभ्यासमा कोचको बढी ध्यान केन्द्रित हुने गर्दछ ।

स्ट्रेन्थ एण्ड कन्डिसनिङ कोचको कोर्ष पुरा गरेका व्यक्तिले खेलको कोच, मेडिकल स्टाप, फिजियो थेरापिस्टहरु संगको संयोजनमा खेलाडीको उच्च प्रदर्शनलाई बढाउन महत्वपूर्ण भूमिका रहेको हुन्छ । कोर्ष उत्तिर्ण हुनु अघि गौतमले विसं २०८१ देखि स्थानिय क्लवमा आवद्ध महिला क्रिकेट खेलाडीलाई प्रशिक्षणको कार्य गर्दै आएका छन । गौतम नगरपालिकाको सिनियर क्रिकेट टोली र डडेल्धुराको महिला क्रिकेट टोलीको प्रशिक्षकका रुपमा कार्य गर्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img