कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामका माछा पालक एक किसानको पोखरीबाट गोहीको उद्दार गरिएको छ । उल्टाखामका स्थानीय सुमन बोगटीको माछा पोखरीबाट गोहीको उद्दार गरिएको हो ।

बिहीबार दिउँसो पोखरीमा भेटिएको गोहीको उद्दार गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाईएको छ । माछा उत्पादक किसान, स्थानीयहरुले नै पोखरीबाट उद्दार गरेर बुझाएका थिए । भीमदत्त नगरका समाजसेवी सुरेन्द्र मल्ल सहितले उद्दार गरेका थिए । पोखरीमा पसेको गोहीले केही माछा पनि खाएको थियो ।







