भारतीय तस्करीका माछा आयातले नेपाली माछा उत्पादक किसान मारमा

स्वदेशी किसान प्रर्बद्धनमा कसैलाई चिन्ता छैन ?


कञ्चनपुर: भारतबाट उच्च रसायनयुक्त माछा नेपाल भित्र्रिन थालेपछि नेपाली माछा उत्पादक किसान मारमा परेका छन । भारतबाट आउने माछाले नेपाल माछा पालक किसान मारमा मात्रै होईन लगाएको लगानी समेत डुब्ने अवस्था आएको छ ।
कञ्चनपुर र कैलालीका माछा उत्पादक किसानहरु भारत वाट ठुलो मात्रामा माछा भित्रिन थालेपछि आफुले माछा उत्पादनमा लगाएको कराडौं लगानी डुब्ने भन्दै चिन्तित भएका छन । नेपाली कृषकहरुले ठुलो लगानी र मेहनत गरि माछा व्यवसायमा आवद्ध रहेका सयौंको संख्यामा रहेका किसानहरुले उत्पादन गरेका माछा बजारमा विक्रि गर्ने समयमा भने भारत वाटै आयात हुने र त्यसमा चोरि निकासी भई दिदा माछा पालक कृषक समस्यामा पर्नै भएका हुन । भारतको नयाँ दिल्ली र कलकत्ता वाट क्वारेन्टिन भएर एक साता सम्म ट्रकमै रहेने माछा मानव स्वास्थ्यलाई हानिकारक हुने फर्मालिनयुक्त रसायन प्रयोग भएर भारतबाट चोरी तस्करीका माछा नेपालमा भित्रिन थालेपछि स्वदेशी माछा उत्पादक किसान मारमा पर्दै आएका कैलालीका माछा पालक कृषक प्रदिप कुमार शाह बताउछन ।

कैलालीका माछा पालक किसान प्रदिप कुमार शाले स्थानीय माछा उत्पादक किसानले भारतबाट आउने चोरी तस्करीका माछाका कारण नेपाली माछाले बजार नपाएको गुनासो पोखेका छन । लाखौँ रुपैया बैंकबाट ऋणलिएर लगानी गर्दै आएको र अहिले आएर भारतबाट माछा भित्रिएपछि बिक्रि नभएर मारमा पर्दै आएको गुनासो पोखेका हुन । कञ्चनपुरका माछा उत्पादक किसान नरेन्द्र राज भट्टले भारतीय माछाले आफुहरु मारमा परेको बताउदै आफुहरुले मेहनत र लगानी गरी माछा उत्पादन गर्ने तर माछा बिक्रिकै समयमा भारतबाट विषादियुक्तः माछा सस्तोमा आउने माछाले बजार लिएपछि हामीमा सस्तोमै बिक्रि गर्नुपर्ने बाध्यता हुने गरेको वताएका छन । उनले भारतबाट आउने गैर कानुनी माछा तस्करीमा सरकारी निकाय नै जिम्मेबार रहेको बताए । भन्सार वाट वढि मात्राको माछा ल्याएपनी अन्डर विलिङ गरेर भन्सार काट्ने प्रवृतिले एकातिर राजस्व छली अर्कातिर मानव स्वास्थ्यमा खेलवार्ड भईरहेको छ कृषकहरुको गुनासो रहेको छ । बजारमा स्वस्थ्यका लागी हानिकारक मानिएको फर्मालिन नामक रसायन राखिएको बताउदै एकातिर उपभोक्ताको स्वस्थ्यमाथि त खेलवाड भईरहेकै छ भने अर्कातिर पुरानै बिलमा दोहो¥याई, तेहो¥याएर क्वारेन्टाईन बिनै क्विन्टलका क्विटल माछा भित्रिएका भन्दै किसान समेत मारमा परेका बेला प्रशासनले समेत निगरानी वढाउनु पर्ने बताउदै अहिलेका केहि युवाहरुले आफ्रनै देशमा केहि गर्छु भनेर लागी राखेका बेला राज्य उनीहरुप्रति उदासिन देखिएको र राज्यकैकारण युवाशक्ति पलायन हुने अवस्था आउने भन्दै अर्का माछा उत्पादक किसान मनोज खनालले दुखेसो व्यक्त गरेका छन ।

उनले एकै क्वारेन्टाईन रिर्पोटले लामो समयसम्म माछा भित्र्राउने प्रवृतिले किसान मारमा परेको बताए । माछा बिक्रेता व्यवसायीले भारतबाट आउने माछा सहज पाईने भएकाले अब स्वदेशमै उत्पादन भएको माछा उपलब्ध भए सहजै बिक्रि गर्ने बताएका छन । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तेज बहादुर रावलले विगत देखि नै भारतबाट माछा आयात भईरहेकाले यस नाका वाट आउने माछालाई भारत वाट आयात गर्ने व्यापारी संग रहेको भन्सारमा आवस्यक पर्ने कागजात हेर्ने र क्वाराईन्टाईन भएको छ छैन त्यसको पुष्टि हुने कागज पत्रका आधारमा भन्सार शुल्क लिई माछा छाडिने भएकाले यसमा भन्सार कार्यालयको कुनै मिलेमतो नहुने स्पष्ट पारेका छन । उनले उपभोक्ताको हितलाई मध्यनजर गर्दै उत्पादक र बिक्रेताले स्वच्छ, ताजा माछा उपलब्ध गराउनुपर्नेमा हो । उपभोक्तालाई स्वच्छ ताजा माछा उपलब्ध गराउनुका साथै करोडौं लगानी गरी उत्पादन गरेका माछा लाई उचित बजार व्यवस्थापनमा सरकारले अविलम्व ध्यान दिनुपर्ने देखिन्छ भने अर्कातिर पैसा भन्दा मानव स्वास्थ्यलाई ध्यानमा राख्नु सवैको जिम्मेवारी रमेत हुनु पर्दछ । स्थानीय माछा उत्पादक किसानले भारतबाट मानव स्वास्थ्यका लागि हानिकारक माछा नियन्त्रण गर्न स्थानीय सरकार चनाखो हुनुपर्नेमा जोडदिएका छन । किसानले चुनावमा बेला राजनीतिक दल, तिनका नेता कार्यकर्ताहरुले किसानलाई प्रर्बद्धन गर्ने आश्वासन दिएपनि चुनावपछि स्वदेशी बस्तु तथा सेवा किसान प्रर्बद्धनका कार्यक्तम नल्याएको गुनासो पोखिरहेका छन । स्वदेशी बस्तुको उत्पादन एव किसान प्रर्बद्धनमा कसैलाई चिन्ता छैन ?


Loading Viewer...

ताजा समाचार

spot_img